गोरखापत्र संस्थानका सल्लाहकारद्वय रामकृष्ण अधिकारी र सुशीला चौधरीलाई आज संस्थान व्यवस्थापनले कार्यालयमा स्वागत गरेको छ । संस्थानका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकसहित संस्थानका कर्मचारीले उहाँहरूलाई स्वागत गर्नुभयो ।
जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर-पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जङ्गलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन राति जाग्राम बस्न बाध्य भएका हुन् ।
पाल्पाली समाज युएईले आगलागी पीडितलाई एक लाख रुपियाँ सहयोग प्रदान गरेको छ । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका पाल्पालीको साझा संस्था पाल्पाली समाजले निस्दी गाउँपालिका –३ क्याङ्गरुङ्ग गिन्चिसका श्यामबहादुर पल्लीको परिवारलाई रकम सहयोग गरेको हो ।
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) गण्डकी प्रदेशले तीन सिटका लागि नौ जनाको नाम सिफारिस गरेको छ।
लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो ।
मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका-१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरि दर्जी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
पोल्यान्डका विदेशमन्त्रीले बुधबार सहयोगीसमक्ष युक्रेनका लागि लामो दूरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गर्नुभएको छ ।
“तरकारी खेती गर्न थालेदेखि हामी यसैको मलजल र गोडमेलमा यति व्यस्त हुन्छौँ कि हामीलाई दिन बितेको पत्तै हुँदैन”, यो भनाइ हो-बाँकेको डुडुवा गाउँपालिका-६ असमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा रहेका बाल बन्दीहरुको ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी रेविका राना लेहङ्गा चोलियामा चट्ट सजिनु भएको थियो । उहाँले एक सय रुपियाँ दिएर भाडामा लेहेङ्गा, चोलिया लिनु भएको हो ।
विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक वर्षको पहिलो छ महिनामै करिब ११ अर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् ।
ताप्लेजुङस्थित नेपाल नेत्रज्योति सङ्घको भवन स्तरोन्नति तथा प्रबलीकरणको काम सम्पन्न भएको छ। नेपाल मेडिकल सपोर्ट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्च नामक संस्थाले सदरमुकाम फुङ्लिङमा रहेको भवन स्तरोन्नति तथा प्रबलीकरणको काम गरेको हो।
प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् ।
यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सी रणनीतिक बाब अल–मन्डेब क्षेत्र नजिकै यात्रा गरिरहेका व्यापारिक जहाजलाई लक्षित गरी मङ्गलबार राति दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बेलायती सामुद्रिक सुरक्षा निकाय (यूकेएमटीओ)लाई उद्धृत गरी अमेरिकी सेनाले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।