• १४ असार २०८१, शुक्रबार

पोल्याण्डद्वारा युक्रेनलाई लामो दूरीका मिसाइल उपलब्ध गराउन आग्रह

blog

वार्सा, पुस १८ गते । पोल्यान्डका विदेशमन्त्रीले बुधबार सहयोगीसमक्ष युक्रेनका लागि लामो दूरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गर्नुभएको छ । कीएभका प्रक्षेपण क्षेत्र तथा नेतृत्व केन्द्रहरू लक्षित गरी रुसले गरिरहेको आक्रमणबाट बच्न मद्दत गर्न यस्तो आह्वान गरेको जनाइएको छ ।

युक्रेनी राजधानी कीएभ र उत्तरपूर्वी सहर खार्किभमा मङ्गलबार गरिएको घातक क्षेप्यास्त्र आक्रमणका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौँ सर्वसाधारण घाइते भएका छन् ।

बुधबार पोल्याण्डका शीर्ष कूटनीतिज्ञ राडोस्लाव सिकोर्स्कीले सामाजिक सञ्जालमार्फत् पुटिनले बुझ्ने भाषामा जवाफ दिनुपर्ने बताउनुभएको छ ।

आफ्ना तथा युक्रेनका सहयोगीहरूलाई युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रहरू प्रदान गर्न आग्रह गर्दै यसले प्रक्षेपण क्षेत्र तथा सैन्य केन्द्रहरू हटाउन सक्षम बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पोल्याण्ड युक्रेनको कट्टर सहयोगी हो र नयाँ प्रशासनले आफ्नो छिमेकी मुलुकका लागि राजनीतिक समर्थन दोब्बर बनाएको छ ।

सिकोर्स्कीले रुसले युक्रेनलाई  निरन्तर रूपमा गरिरहेको र प्रतिक्रियामा मस्कोविरुद्धका पश्चिमी प्रतिबन्धहरू कठोर हुनुपर्ने बताउनुभएको छ । परिणामस्वरुप हात हतियार निर्माण तथा तस्करीलगायतका क्रियाकलापहरू फस्टाउन नपाउने उहाँको भनाइ छ ।

गत डिसेम्बरमा पोल्याण्डको विदेश मन्त्रीको रूपमा नियुक्त, सिकोर्स्कीले आफ्नो पहिलो विदेश भ्रमणको लागि युक्रेनलाई रोज्नुभयो । उहाँले युक्रेनलाई सशस्त्र बनाउनका लागि पश्चिमले आफ्नो अर्थतन्त्रलाई चलायमान गराउनुपर्ने बताउनुभएको छ । रासस/एएफपी