नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेकाे २० वर्षपछि पुन:निर्माण हुने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशनको आयोजना गर्ने भएको छ । पार्टीले पुस २६, २७ र २८ गते गर्ने प्रथम अधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आउने जनाएको छ ।
मुलुकमा अस्थिर अर्थ–राजनीति हुँदा विकासले गति लिन सक्दैन । नेपालले राजनीतिक फड्को जसरी मार्न सक्यो, आर्थिक विकासमा अपेक्षाकृत फड्को मार्न नसक्दा जनतामा राज्य प्रणालीप्रति आउन सक्ने असन्तुष्टीप्रति समयमै राजनीतिक दलहरुले गम्भीरता देखाउन ढिला गर्नु हुँदैन ।
पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताउनुहुँदै स्तरीय र आधुनिक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिममा तीन पदका लागि नेपाली कांग्रेसले ८२ जना र नेकपा (माओवादी केन्द्र)ले २१ जनाको नाम पार्टी केन्द्रमा सिफारीस गरेको छ ।
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताअन्तर्गत अहिले सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबीच फाइनल खेल भइरहेको छ । एपीएफ क्लबले कोशी प्रदेशसामु जितका लागि एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका छन् ।
कर्णालीमा एउटा उखान छ ‘भन्या जन्ती जानु, सुन्या मलामी जानु’ अर्थात् हरेकको दुःख–सुखमा सँगसँगै हिँड्ने हाम्रो मौलिक संस्कार छ । ‘जहाँ सङ्कट, त्यहाँ उद्धार मनले सहयोग’ गर्नु यहाँको मौलिक रीति नै हो । यही रीतिअनुसार यहाँ मर्दा र पर्दा दुवैमा सबै मिलेर सघाउने प्रचलन छ र भूकम्पले यसपालि ल्याएको विपद्मा पनि स्थानीयहरूको महत्त्वपूर्ण भूमिका रह्यो ।
आयोगका सदस्य सुबाेधसिंह थारुले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन आज प्रदेश प्रमुखलाई हस्तान्तरण गर्नुभयो ।
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाडौँमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो ।
गत केही दिन यता सुरु भएको हुस्सु र कुहिरोसँगै बिहान बेलुका चल्ने शीतलहरले नेपालगन्जमा अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर थप पाँच करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
मेडिकल सञ्चालनको तयारीमा रहेको डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटी स्क्यान सेवा बन्द भएको छ ।
लामो समयदेखि गीत, गजल, कविता तथा साहित्यका अन्य विधिमा कलम चलाइरहेका कैलाशकुमार पाण्डेयको छैटौं कृति एकलव्यको देशमा प्रकाशित भएको छ ।