• १२ असोज २०८१, शनिबार

पाण्डेयको छैटौं कृति बजारमा

blog

काठमाडौं, पुस १८ गते । लामो समयदेखि गीत, गजल, कविता तथा साहित्यका अन्य विधिमा कलम चलाइरहेका कैलाशकुमार पाण्डेयको छैटौं कृति एकलव्यको देशमा प्रकाशित भएको छ ।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका १२ बस्ने पाण्डेयको एकलव्यको देशमा नामकरण गरिएको सीमान्त मुद्दामा आधारित कविता सङ्ग्रह सम्पादन हाउस काठमाडौंले प्रकाशित गरेको छ ।

सुदूरपश्चिम साहित्य समाज धनगढीले आयोजना गरेको विशेष साहित्यिक कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशीले विमोचन गर्नुभएको थियो । यस पूर्व भारत उत्तराखण्ड, पिथौरागढस्थित एचडिबी बालिका कलेजमा आयोजित इण्डो नेपाल काव्याेत्सवमा लोकार्पण गरिएको थियो ।

उक्त काव्याेत्सवमा कवि पाण्डेयलाई वाग्देवी काव्य सम्मानबाट सम्मान गरिएको थियो । बहत्तर कविता समेटिएको सङ्ग्रह आधुनिक कवितामा निकै ओजपूर्ण छ । सीमान्त बस्ती, समुदायको मुद्दालाई कवितामा प्रस्तुत गरिएकाे छ । गाउँ, गाउँले परिवेश, समाज, सामाजिक रीतिरिवाज, राजनीतिक विषयवस्तुलाई समेटिएको छ ।

कवि पाण्डेयका बिर्सिएका नाउँहरु गीत सङ्ग्रह, बादलका बुट्टा, नयाँ नयाँ सागर गजल सङ्ग्रह, भत्केका स्तम्भहरु र आकाश छुने रहर कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । गीत, गजल, कवितासँगै थुप्रै फुटकर रचना प्रकाशित छन् । उहाँका हरेक कविताको भाव, शैली, बान्कीमा नयाँपन पाइन्छ ।

मदन पुरस्कार विजेता डा. नवराज लम्सालले भूमिका लेखेको सङ्ग्रह एकदम गतिलो पुस्तक तयार भ प्रकाशित भएको छ । साहित्यमा थपिएको अर्को किताब पठनीय र सङग्रहणीय छ । नेपाली कविताको क्षेत्रमा गहकिलो कृति प्रकाशित भएको छ ।