१. नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ मा नेपाल आएका पर्यटकको सङ्ख्या कति रहेको छ ? १० लाख १५ हजार ८७६ – यो आगमन सन् २०२२ को तुलनामा चार लाख ७२८ ले बढी हो । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । – सबैभन्दा धेरै पर्यटक भारतबाट आएका थिए । नेपालले हवाईमार्गबाट आउने भारतीय नागरिकलाई मात्र पर्यटक गणना गर्दै आएको छ । – नेपालको पर्यटन इतिहासमा १० लाखमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले आ–आफ्नो पदीय जिम्मेवारीमा सबै गम्भीर बन्नुपर्ने बताउनु भएको छ । विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उहाँले कानुन बमोजिम प्रदत्त जिम्मेवारी सबैले पूर्ण रूपमा पालना गरेमा मात्र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सकिनेमा कुनै शङ्का नभएको बताउनुभयो ।
जन्मदर्ताको संवैधानिक महत्व १. प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय दिँदै यस कार्यक्रम सञ्चालनका उद्देश्य र रणनीतिहरू उल्लेख गर्नुहोस् । मुलुकभित्र रोजगारीका अवसर सिर्जना गरी संविधानप्रदत्त नागरिकको रोजगारीको हकको कार्यान्वयन गर्दै सामाजिक सुरक्षाको प्रवर्धन गर्न तीनै तहका सरकारको साझा कार्यक्रमका रूपमा नेपाल सरकारले तर्जुमा गरेको कार्यक्रम नै प्रधानमन्त्री रोजगार कार्यक्रम हो । मुलुकमा उपलब्ध जनशक्तिको महत्तम उपयोग गर्दै आर्थिक विकासमा योगदान पु¥याउन तीनै तहका सरकारले अपनत्व लिने गरी नीतिगत तथा संरचनागत प्रबन्धसहित यो कार्यक्रम कार्यान्वयनमा आएको छ । यस कार्यक्रमको ल
गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते हुनुभएको छ । जिल्लाको इस्मा गाउँपालिका( ६ अमरपुरका ६९ वर्षीय मुना महत आगो ताप्ने क्रममा जलेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
फिल्म ‘महाजात्रा’ फस्र्ट लुक्स सार्वजनिक गरिएको छ । जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिनुभएको छ । पोस्टरमा ‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) को भूमिकामा देखिँदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्विलचेयरमा बोकेको दृश्य छ ।
‘कुखुराको अन्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ मूल नाराका साथ मङ्गलबार ११ औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका बेला किसान तथा उद्योगीले उत्पादन गरेका अन्डा र कुखुराको मासुको बिक्री नभएको भन्दै चिन्ता जनाएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक एक अर्ब ६० करोड वटा अन्डा र दुई लाख ५० हजार मेट्रिक टन कुखुराको मासु उत्पादन हुँदै आएको छ तर त्यस अनुसार खपत नभएको गुनासो पोल्ट्री उद्योगीको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार विकसित देशको तुलनामा नेपालमा अन्डा र मासुको खपत निकै कम रहेको जनाएको छ ।
विद्युत् नियमन आयोगले उद्योगमा लोडसेडिङका समयमा सर्त अनुसार विद्युत् आपूर्ति गरेको प्रमाणित गरेमा महसुल असुल गर्न मिल्ने निर्णय गरेको छ । सोमबार आयोगको २१८ औँ बैठकले लोडेसिडङ अन्त्यको घोषणापछि पनि प्रिमियम महसुलको प्रावधान विद्यमान नै रहेकाले अनौचारिक विद्युत् आपूर्तिको अवस्था विद्यमान रहेको पाइएमा प्रिमियम लिन मिल्ने निर्णय गरेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
साउदी अरबको रोजगारदाता कम्पनीले पाँच वर्षअघि नेपाली श्रमिकलाई नदिएको पारिश्रमिक र अन्य सुविधाबापतको रकम दिन बोलाएको छ । साउदीस्थित मोहमद अल मोजिल ग्रुप नामक कम्पनी अहिले पुरानै अवस्थापछि त्यो बेलामा पारिश्रमिक नपाएका ५७१ नेपाली श्रमिकलाई पारिश्रमिक लिन साउदी बोलाएको हो । पाँच वर्षपहिले उक्त कम्पनी टाट पल्टिएर बन्द हुने अवस्थामा पुगेको थियो ।वर्षौंसम्म काम गरेका नेपाली श्रमिकलाई कम्पनी नोक्सान भएर बन्द अवस्था पुगेपछि त्यत्तिकै फिर्ता पठाएको थियो ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया भाषाको विषयमा अदालतको आदेशपछि नेपाल सरकारले उत्पादन क्षेत्रमा पुनः आवेदन दिनेबारे गरेको निर्णयमा सकारात्मक प्रतिक्रिया आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रममन्त्री, सचिव, सहसचिव र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबिच मङ्गलबार कोरिया भाषा परीक्षाका कारण पछिल्ला पटक उत्पन्न विवादबारे छलफल गर्न सहभागी कोरियाली पक्षबाट यस्तो प्रतिक्रिया आएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले जनसङ्ख्या वृद्धिदर घट्दै जानु मुलुकको हितविपरीत भएको धारणा अगाडि सारेको छ । पछिल्लो तथ्याङ्क अनुसार मुलुकको जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत छ । विश्वव्यापी मान्यता अनुसार जनसङ्ख्या वृद्धिदर एक प्रतिशतबाट तल झर्नुलाई खतराको सूचक मानिन्छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठक आउँदो बिहीबार नेपालमा बस्ने भएको छ । कोभिड महामारीका कारण विगत दुई वर्ष बैठक हुन सकेको थिएन । दुई वर्षअघि २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको बैठक यो यस पटक काठमाडौँमा हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशका परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा हुने बैठकले प्रधानमन्त्रीस्तरमा हुने भ्रमण र सहमति जत्तिकै महत्व राख्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यशैली परिवर्तन गरेर नतिजामुखी काम गर्न मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्रीले त्यसको सङ्केत सरकारको कार्यकालको एक वर्ष पुग्दा नै दिइसक्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले मङ्गलबार मन्त्रीहरू हेरफेर गरेर भए पनि सरकारको कामको गतिलाई अझ तीव्रता दिनेबारे छलफल भइरहेको तर निष्कर्षमा नपुगेको जानकारी दिनुभयो ।
रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीनजना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले आज जनाएको हो ।