बसाइसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बिचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली लिभरपुलले न्युक्यासल युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो ।
जिल्ला प्रशासन कार्यालय डडेलधुरामा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयले नियमित रूपमा सम्पादन गर्नुपर्ने काममा ढिलाइ भएको हो।
बागलुङको ताराखोला गाउँपालिकामा श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको छ । गाउँपालिकामा रोजगारी सिर्जना गरी युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न गाउँपालिकाले श्रम रोजगार बैङ्क स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आगमन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन् ।
मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ ।
लोपोन्मुख प्रजातिका जीवजन्तु र किराको संरक्षण गर्ने उद्देश्यले कोहलपुरमा किरा/मौरी फिल्ड सामुदायिक जीन बैंकको स्थापना भएको छ।
संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् ।
वैदेशिक रोजगारीमा पठाउने भनी दश करोडभन्दा बढी रकम ठगी गर्ने ‘एसइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ ।
उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित हुनुभएको छ ।
मकवानपुरको मनहरी गाउँपालिकामा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ। मङ्गलबार बिहान मनहरी ७ स्थित रमौलीमा छिरेको जंगली हात्तीले चार वटा घरमा क्षति गरेको छ।
अटिजम अवस्थाको पहिचान गर्न नसक्दा समस्या हुने गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मङ्गलबार हेटौँडामा आयोजना गरेको अटिजमसम्बन्धि छलफलमा सहभागी सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् ।
प्रहरीले नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र समेत चारी भएको घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका-२ को गण्डकी ग्रामीण सामुदायिक अस्पताल सञ्चालनका लागि पहल सुरु भएको छ । लामो समयदेखि बन्द रहेको अस्पताल सञ्चालनका लागि पहल गर्न बसेको सर्वपक्षीय भेलाले सिताराम गैह्रैको संयोजकत्व नौ सदस्य कार्यदल गठन गरेको हो ।