कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
कैलालीको सम्मफाँट । चित्ताकर्षक कर्णाली चिसापानीको पुल । निरन्तर बगिरहेको कर्णाली नदीको पनि नेपालको सबैभन्दा लामो नदीको आफ्नै विशेषता छ । त्यही पुलको पश्चिम कुनामा एउटा बाँध छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभूत तत्त्वहरु बढी भएको स्थान रहेको बताउनुभएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालको प्राङ्गणमा भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ । अस्पतालको नवनिर्मित ओपिडी भवनसँगै शान्तिका अग्रदूत भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भएर बग्ने राप्ती र नारायणी नदीमा दुई सय ६५ वटा घडीयाल गोही भेटिएका छन्
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठन गरी सरकारका कामलाई अझ प्रभावकारी बनाउने योजनामा रहनुभएको जनाएको छ ।
पालुङटार नगरपालिका-८ लामाचौरका २६ वर्षीय महेश पन्त मृत भेटिएका छन् ।
सिन्धुली जिल्लाको कमलमाई नगरपालिका-५ स्थित ऐतिहासिक शक्तिपीठ कमलामाई मन्दिर माईस्थान अगाडी अस्थायी जलसरोवर निर्माण गरिएको छ ।
उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन् ।
इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसङ्घीय अदालतमा मुद्दा दायर गरेको छ ।
गोरखापत्रका पूर्व सम्पादक एवम् वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको मङ्गलबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरलाई विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिएको हो ।
अर्जुन चौपारी गाउँपालिका-१ रैतेका ४२ वर्षीय कृष्ण प्रसाद शर्माले सरकारले नागरिकका आवश्यक मागको पूर्ति नगरेको गुनासो गर्नुभएको छ ।