जीवन रहेसम्म सङ्घर्ष सकिँदैन बरु यो समय यात्रालाई भनेर तुरुन्तै स्पेन जाने योजना बनायौ । जैले पनि समय मिलाउनको धौ धौ । हामी बेल्जियमबाट स्पेनका लागि ब्रसेल्सबाट बुवा
बागलुङको गलकोट नगरपालिकामा सञ्चालित बुकी कप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
आइसक्रिम कोन (शङ्कु) ले कसरी रोगको असर कम गर्न मद्दत गर्दछ ? आइसक्रिम कोनको आविष्कार हुनुपहिले आइसक्रिमलाई ‘पेनी लिक्स’ भनिने पुनः प्रयोगीय सिसाका भाँडामा राखेर खान दिइन्थ्यो । जसबाट रोग फैलने र मानिस बिरामी पर्ने गर्थे किनभने ग्राहकले आइसक्रिम खाएपछि ती भाँडा पखालिँदैनथ्यो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका एक युवाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १ निवासी ३६ वर्षीय सङ्गम प्रकाश गिरीको उपचारको क्रममा सोमबार राती कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
डिभिजन वन कार्यालय, रामेछापले सामुदायिक वन उपभोक्ता समूहका कार्ययोजना बनाउन उपभोक्ता समूहसँगै पैसा उठाएको पाइएको छ । त्यस्तै काम पूरा नभएको योजनाको भुक्तानी दिएको समेत पाइएको छ ।
खोटाङमा रैथाने बाली कोदोको उत्पादन राम्रो छ तर यसबाट उल्लेखनीय आम्दानी हुन नसक्दा किसान चिन्तित छन् । उनीहरूले अन्य विकल्प नभएका कारण मात्र बारीमा कोदो रोप्ने गरेको बताउँछन् ।
बालबाललिकाले बिनाकारण वाकवाक र बान्ता गरेको हामीले देखेको हुनु पर्छ । विशेषगरी खाना खाने बेलामा वा खाना खाएपछि बच्चाले वाकवाक र बान्ता गर्छन् । हामीले बुझ्नु पर्ने कुरा के हो भने धेरै बालबालिकामा यो समस्या कुनै रोगले उत्पन्न भएको हुँदैन । सामान्य होसियारीले यो समस्याको समाधान घरमै हुन सक्छ र समस्या बल्झिएन भने औषधि खुवाउनु जरुरी पनि छैन । पेटमा भाइरसको सङ्व्रmमणले बालबालिकालाई वाकवाकी लाग्न सक्छ । बच्चामा वाकवाकी लाग्नुको यो एउटा प्रमुख कारण हुन्छ । साथै पेटमा समस्या ल्याउने केही समस्या तथा श्वासप्रश्वास प्रणाली, कान, छातीमा सङ्क्रम
मकवानपुरको मनहरी गाउँपालिका–६, जोगीतालकी कुमारी रुम्बासँग वर्षौंअघि आफूले बिराएको जग्गा छ तर उहाँ न त खनजोत गर्ने अवस्थामा हुनुहुन्छ, न त घर नजिकैको वन जङ्गलमा गएर दाउराघाँस गर्न पाउनुहुन्छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उहाँको सोमबार राति निधन भएको हो । उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।
महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गर्नुभयो । उहाँले बजारीकरणका लागि सरकारले सहयोग गर्ने नीति लिएको बताउनुभयो ।
इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्नुभएको छ । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ ।
तीन वर्षअघि बङ्गलाचुली गाउँपालिका–२, धिमधिमे लेकमा भ्यु टावर निर्माण गरियो । प्रदेश सरकारको करिब एक करोड २६ लाख रुपियाँ लागतमा तीनतले भ्यु टावरसँगै चार वटा शौचालय, पानीका ट्याङ्कीलगायतका संरचना निर्माण गरिएका थिए । यतिबेला ती संरचना अलपत्र अवस्थामा छन् । भ्यु टावर र शौचालय काम नलाग्ने अवस्थामा रहेको बङ्गलाचुली गाउँपालिका–२ का अध्यक्ष मैते पुन बताउनुहुन्छ । गाउँबस्तीदेखि निकै टाढा रहेकाले संरक्षणमा कसैले चासो नदिँदा आल्मुनियमका ढोका र खानेपानीको ट्याङ्की अज्ञात व्यक्तिले फोरेर फालेको उहाँले बताउनुभयो ।
ऐतिहासिक पाल्पा दरबार परिसर मख्खन टोलमा ढुङ्गा बिछाउने काममा ढिलाइ भएको छ । निर्माण कार्य सम्झौता अवधि सकिँदा पनि निर्माण व्यवसायीले काम गर्न नसकेको हो । मख्खन टोलको सौन्दर्यीकरण गर्न तानसेन नगरपालिकाले आठ महिनाअघि ५७ वटा घरटहरा हटाएको थियो । २०८० साल असार ९ गतेदेखि ठेक्का दिएर ढुङ्गा छाप्ने काम अघि बढाइएको हो ।
१९९७ सालमा प्राथमिक अस्पतालका रूपमा स्थापना भएको सेती प्रादेशिक अस्पताल ८४ वर्षे यात्रामा छ । सुदूरपश्चिम प्रदेशको एक मात्र सरकारीस्तरको यो ‘रेफरल’ अस्पताल हो । यस प्रदेशका नौ वटै जिल्लाबाट बिरामी रिफर भएर उपचारका लागि यहाँ आउने गर्छन् । यहाँको औषधी उपचार सेवा हेर्दा सेवाग्राहीलाई सास्ती भोग्नुबाहेक कुनै सुधार देखिँदैन ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।