घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा हुनुहुन्छ । विगत २३ वर्षदेखि उहाँको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ ।
“हाम्रो पालामा अहिलेको जस्तो कपडाहरू पाइँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओढेर चिसो छल्ने गथ्र्यौं, घरपिच्छे मान्छेहरूले घुम, काम्लो, भाङ्ग्रा बुन्थे तर अहिले कसैले पनि बुन्दैनन्, बुने पनि बिक्री नै हुँदैन,” भन्नुहुन्छ, निसीखोला गाउँपालिका-६ का ७४ वर्षीय वीरमान बुढामगर ।
काभ्रेपलाञ्चोकको बनेपामा ‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका संयुक्त आयोजनामा जिल्लाका किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले आउँदो फागुन ४ देखि ७ गतेसम्म बृहत् कृषि महोत्सवको आयोजना गरिने भएको हो ।
एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका-२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ-पोखरा र काठमाडौँ-सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् ।
सर्लाहीका उखु किसानले एक वर्षपछि बल्ल अनुदानको रकम प्राप्त गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार प्रत्येक उखु किसानको खातामा अनुदानको रकम प्राप्त भएको छ ।
पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो ।
तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । काठमाडौँको दशरथ रङ्गशालामा मङ्गलबारबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
कास्की जिल्ला, रुपा गाउँपालिका-६ भोर्लेका ७० वर्षीय तिलबहादुर खड्का गाउँ फर्केर व्यावसायिक पशुपालनमा रमाउन थाल्नुभएको छ ।
काठमाडौं महानगरपालिकाद्वारा मङ्गलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताउनुभयो ।
रोजगारी तथा विभिन्न प्रलोभनमा परेर भारत लगायत तेस्रो मुलुकमा पुगेका किशोरी र बालबालिकाको अवस्था अज्ञात रहेको माइती नेपालले जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् धनुषा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामकृष्ण यादवको पनि अन्य सांसदको जस्तै संसदमा बोलेका विषय कार्यान्वयन नहुने गरेको गुनासो छ ।
आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै १९ लाख ६० हजार रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।
सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब दुई अर्ब अमेरिकी डलर पुगेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले दिएको जनाकारी अनुसार गत वर्ष सन् २०२३ मा अफगानिस्तानको निर्यातको मात्रा १.९ अर्ब अमेरिकी डलर पुगेको छ ।
झापाको बिर्तामोडमा धारिलो हतियारसहित चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड भद्रपुरोडस्थित बस स्टेण्डबाट मङ्गलबार बिहान चार जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको बताइएको छ ।