स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार सेवा नपाएर अब कोही कसैले पनि ज्यान गुमाउनु नपर्ने बताउनुभएको छ । नेपालको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सार्वजनिकीकरण कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो ।
दैलेख जिल्लाका साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट, सिहासैन र तिलेपाटा गाउँ विकास समिति मिलाएर २०७२ साल असोज १ गते आठबिस नगरपालिका घोषणा गरिएको हो । आठबिसको मुख्य आयस्रोत वनजङ्गल, वन पैदावार, कृषि तथा पशु उत्पादन नै हुन् । यहाँको मुख्य व्यापारिक केन्द्रका रूपमा रामाघाट, टुनीबगर र कर्णाली, खिडकीजिउला बजार रहेका छन् । आठबिसको केन्द्र राकमकर्णाली कायम गरिएको छ । यातायातको सुविधा, भौगोलिक रूपमा मिलेको बस्ती, मध्यपहा
कृषिप्रधान मुलुक हुँदाहुँदै पनि दैनिक उपभोग्य वस्तुमा समेत परनिर्भरता दिनानुदिन बढ्दो छ । खाद्यान्न होस् वा तरकारी, आयातमा थोरै मात्र गडबडी हुनासाथै चुलोमा असर पुग्ने विडम्बना छ । कहिले चिनीको अभाव हुन्छ त कहिले चामलको, कहिले मैदाको अभाव हुन्छ त कहिले तेलको । यस किसिमको अभावमा देशभित्रै पर्याप्त उत्पादन नहुनुसँगै थप कारण भने सीमित व्यापारीको एकाधिकारपूर्ण कालोबजारीलाई समेत नकार्न सकिने अवस्था छैन । यस्तै अभावको पछिल्लो
पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ ।
नेपालको अर्थतन्त्र कोरोनापछि समस्यामा परेकै हो तर यसलाई सङ्कटका रूपमा व्याख्या गर्ने गरिएको छ । जस्तो कि सेयर बजार घट्नु समस्या हो, सङ्कट होइन । जग्गाको अस्वाभाविक कारोबार कम हुनु राम्रो हो, सङ्कट हुँदै होइन । जग्गा उत्पादनको एउटा साधन हो । यसबाट लगान प्राप्त हुनु अस्वाभाविक होइन तर केही समयअघि दुई लाख रुपियाँमा बेचेको जग्गा १५ दिनपछि चार लाखमा, एक महिनामा आठ लाख रुपियाँमा किनबेच हुन्थ्यो । त्यसैले मानिसले ऋण खोजेर जग्गा
नेपालको संविधानको धारा १६० (१) मा महान्यायाधिवक्ता मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने छ भनी परिकल्पना गरिएको छ । संविधानले मुख्य न्यायाधिवक्तालाई प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा स्वीकार गरेको छ । संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार र प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु पनि मुख्य न्यायाधिवक्ताको संवैधानिक दायित्व रहेको छ । मुख्य न्यायाधिवक्ताको नियुक्ति
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको प्रतिवेदन अनुसार गएको मङ्सिर महिनामा मात्र ६२६ बालबालिका हराएकोमा ३५६ जना फेला परेका छन् भने २७० जनाको खोजतलास जारी छ । कात्तिक महिनामा ३७० बालबालिका हराउँदा ११९ जना फेला परेका छन् भने १७१ जनाको खोजी कार्य भइरहेको देखिन्छ । दिनदिनै बालबालिका हराइरहेका छन्, विभिन्न संयन्त्रमार्फत खोजी गर्दासमेत केही सम्पर्कमा आए पनि सबै बालबालिका भेटिएका छैनन् ।
बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ । रु आठ करोड १२ लाख बक्यौतामध्ये हिमाल आइरनले आज पहिलो किस्ताबापत रु २७ लाख १० हजार बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो ।
अवैध सम्पत्ति शुद्वीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौँले दुई जनालाई कैद तथा जरिबाना गर्ने फैसला गरेको छ । सोमबार अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमोदकुमार जैसवाल र पप्पु ठाकुरलाई कैद र जरिबानाको फैसला गरेको हो । जैसवाललाई आठ वर्ष कैद तथा ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपियाँ बिगो र बिगोको दोब्बर अर्थात् ८३ करोड २३ लाख ८५० रुपियाँ जरिबाना तोकिएको हो ।
देशका सबै जिल्लामा उपस्थिति जनाएको ग्लोबल आइएमई बैङ्क सेवाको पहुँचसहित कुल पुँजी तथा चुक्ता पुँजीको हिसाबले पनि मुलुककै सबैभन्दा ठुलो बैङ्क हो । स्थापनाको १७ वर्षमा यो बैङ्कले मुलुकभित्र मात्र नभएर मुलुकबाहिर पनि आफ्नो उपस्थिति विस्तार गर्दै छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका सो बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग मुलुकको अर्थतन्त्र, निजी क्षेत्रको अपेक्षा र बैङ्कको भावी कार्ययोजनालगायतका विषयमा केन्द्रित रहेर गोरखापत्रले गरेको कुराकानी :
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
दाङमा दुधको खपतलाई बढाउन छुर्पी उत्पादन गर्न थालिएको छ । खास गरी चिसो मौसममा जिल्लामा हुने दुधको बिक्री समस्यालाई हटाउन दुध प्रशोधन केन्द्र तथा डेरी उद्योगले छुर्पी उत्पादन गर्न थालेका हुन् । दुध बिक्रीसँगै छुर्पी उत्पादन गर्दा चिसो मौसममा हुने दुधको बिक्री समस्यालाई कम गर्न मद्दत पुग्ने गरेको गौरव दुग्ध उत्पादन तथा प्रशोधन केन्द्र राजपुरका सञ्चालक शोभाकर घिमिरेले बताउनुभो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।