जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।
मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या भन्ने बुझ्नु पर्छ । मानसिक समस्या जुनसुकै उमेर समूहका मान्छेलाई पनि हुन सक्छ । बालबालिका, वयस्क, वृद्धवृद्धा सबै उमेर समूहलाई हुन्छ । यो दीर्घकालीन समस्या पनि हो । यो रोग लागेपछि छिटै निको हुँदैन । जसले गर्दा यस्तो रोग लागेका मान्छेको दैनिकीमा ठुलो असर गरिरहेको हुन्छ ।
भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा नाच सोमबार मध्यपुर थिमिमा प्रदर्शन गरिएको छ । नवदुर्गा देवगण विभिन्न नेवार बस्ती परिक्रमा गर्ने क्रममा मध्यपुर थिमि नगर परिक्रमा गरी नृत्य प्रदर्शन गरिएको हो । नवदुर्गा देवगण नारायणमान वनमालाले पुस १० गतेबाट सुरु भएको नाच सोमबार प्रदर्शन गरी सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले मध्यपुर थिमिको मरु टोलमा वाराही नाच, सिम्म दुम्म ङालाकेगु, महाकाली र श्वेतभैरव ङालाकेगु नाच प्रदर्शन गरी सम्पन्न भएको जानकारी दिनुभयो ।
सरकारले स्वदेशमा खपत हुने अत्यावश्यक खाद्यान्नको लगत सङ्कलनको काम सुरु गरेको छ । मुलुकमा अत्यावश्यक खाद्य पदार्थको माग अनुसार उत्पादनको अवस्था र अपुग परिमाणबारे पनि यथार्थ जानकारी प्राप्त गर्न विभिन्न जिल्लामा गएर लगत लिन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
पच्चिस वर्षअगाडि वकिल (कानुन व्यवसायी) पेसालाई छाडेर सुन्तला खेतीमा लाग्नुभएका फनिनारायण अर्याल स्याङ्जा जिल्लामै उदाहरणीय बन्नुभएको छ । यस वर्ष मात्र उहाँले झन्डै ६० लाख रुपियाँ बराबरको सुन्तला बिक्री गर्नुभएको छ । अर्जुनचौपारी गाउँपालिका थापाथोकका ६४ वर्षीय अर्यालले गत वर्ष करिब ६५ लाख रुपियाँ बराबरको सुन्तला बिक्री गर्नुभएको थियो । ८० रोपनी जग्गामा दुई हजार दुई सय सुन्तलाका बिरुवा लगाएका अर्यालले सिँचाइ सुविधा भएको धान खेत मासेर त्रिपुत्र बागवानी फार्ममार्फत सुन्तला खेती गर्दै आउनुभएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी गरिसकेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानले पाउने उखुको अनुदान रकम कोलेनिकालाई पठाइसकेका छौँ, त्यहाँबाट किसानलाई वितरण पनि भइरहेको जानकारी प्राप्त भएको छ ।”
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–६, फारुला गाउँमा बनाइएका भूकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ । गत कात्तिक १७ गतेको भूकम्पले पूर्ण रूपमा भत्किएका तीन घर एक कार्यक्रमका बिच नगरप्रमुख पुष्प बादीले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
मन्त्रीपरिषद्को बैठकमा हुँदै आएको खाजा खर्च कटौती भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उक्त खाजा खर्च कटौती गरिएको जानकारी दिनुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले सोमबारदेखि मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती गरेको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको थियो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका खेलाडीहरुले उत्कृष्ट क्षमता प्रदर्शन गर्नेक्रम बढेको बताउँदै खुसी ब्यक्त गर्नुभएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष र सुदूरपश्चिमको मौलिक पर्व पुसे १५ को बेला धेरै आन्तरिक पर्यटकले धनगढीस्थित जाखोर तालको अवलोकन गरेका छन् ।
खुला नकआउट फूटबल प्रतियोगिताको उपाधि आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवले हात पारेको छ । मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको फाइनलमा आयोजक न्यू दर्पणले पुल्चोक युवा सञ्जाललाई ४–१ गोलले हराउँदै उपाधि जितेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सँधै खुला रहेको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार अभियुक्तलाई ३० वर्षपछि पक्राउ गरी सार्वजनीक गरेको छ ।
रुसी सेनामा भर्ती भएका तनहुँका पाँच जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएपछि घरपरिवारका सदस्य चिन्तामा परेका छन् । बेखबर भएका परिवारले स्वदेश फिर्ता गरिदिन याचना गरेका छन् ।