उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाउनुभएको छ ।
भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अंग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आउनुभएको यो दोस्रो पटक हो । रायलाई चुरे क्षेत्रबाट एकैसाथ देखिने हिमाल, पहाड र तराईको दृश्य हेर्न औधी मनपर्छ ।
इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली आर्सनललाई फुलहामको नमिठो झट्का लागेको छ । आइतबार राति शीर्षस्थान ओगट्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेको आर्सनल सुरुवाती अग्रता जोगाउन नसक्दा फुलहामसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताउनुभएको छ ।
जापानको मध्यभागमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) ले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जननायक बीपी कोइरालाले लोकतन्त्र र जनता केन्द्रमा राखेर मेलमिलाप नीति लिनुभएको बताउनुभएको छ ।
वर्ष २०२३ विश्व अर्थतन्त्रका लागि फलिफाप रहेन । युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतार–चढावजस्ता कारणले विभिन्न देशका अर्थतन्त्र प्रत्यक्ष प्रभावित भए ।
कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो क्वालिफायर खेलमा कोशीले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो ।
प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बचतकर्ताले रकम माग्न थालेपछि सञ्चालकले सहकारी बन्द गर्न थालेका छन् ।
रुण नदीको पानी लिफ्ट प्रविधिमार्फत सातटार बस्तीमा पुगेपछि वर्षौदेखिको पानीको समस्या हटेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले अरुण नदीको पानी सोलार लिफ्टमार्फत एक हजार पाँच सय मिटर उचाइमा रहेको बस्तीमा पुराएपछि स्थानीयले सुखको सास फेरेको सातटारेका स्थानीयवासी गजेन्द्र कटुवालले बताउनुभयो ।
नेपाली कांग्रेसका संस्थापक महानायक बिपी कोइराला आठ वर्षको भारत निर्वासनपछि स्वदेश फर्कनुभएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।
जिल्लाको बगनासकाली –२, पोखराथोक निवासी पदम रानाले विभिन्न विद्यालयमा २५ लाखभन्दा बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाका विभिन्न विद्यालयमा पुगेर रानाले २५ लाख १६ हजार ६६३ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
कैलालीको चुरे गाउँपालिकाले पहिरो पीडितहरुलाई सोलार वितरण गरेको छ ।