• २१ असार २०८१, शुक्रबार

मन्त्रीसहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा

blog

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाउनुहुँदै ।

काठमाडौं, पुस १६ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेता कार्यकर्तालाई छुटाउनु भएको छ ।

उक्त पार्टीले आज (सोमबार) आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’को र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्‍यालीमा सहभागी नेता कार्यकर्ता गिरफ्तार भएका थिए ।

अध्यक्ष सीके राउत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत ५२ नेताकार्यकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठले महेन्द्र पुलिस क्लब पुगेर छुटाउनुभएको हो ।

यो पनि पढ्नुहोस

माइतीघरबाट सिके राउत पक्राउ