• २५ असार २०८१, मङ्गलबार

माइतीघरबाट सिके राउत पक्राउ

blog

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गर्दै प्रहरी । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस १६ गते । नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । सोमबार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माइतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय धोती दिवस मनाउने समूह निषेधित क्षेत्रतर्फ अघि बढेपछि पक्राउ गरेको प्रहरीले बताएको छ ।


अध्यक्ष राउतसँगै प्रदर्शनकारीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । माइतीघरदेखि नयाँ बानेश्वरसम्म सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ ।

विद्यार्थी जनमत सङ्घको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाउँदै धोती हाम्रो शान हो लगायतका नारा लगाएका थिए ।