बागमती प्रदेश सरकारले सन् २०२४ लाई प्रदेश भ्रमण वर्षको रूपमा मनाउने भएको छ । प्रदेश सरकारले प्रदेश भ्रमण २०२४ वर्ष अङ्ग्रेजी सन् २०२४ को पहिलो दिन आज (सोमबार) प्रदेश भ्रमण वर्षको घोषणासँगै शुभारम्भ गर्ने भएको हो ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गए राति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ ।
घर वरिपरि पहेँलै अनि लटरम्म सुन्तला । बोटदेखि भुइँसम्म लत्रिएका दाना, देख्दै टिपौँ टिपौँ लाग्ने सुन्तला स्याहार्दै इलाम नगरपालिका–५ का किसान सामवेद चापागाईंको दिन जान्छ अचेल ।
गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा सहभागी छ हजारभन्दा बढी खेलाडीमध्ये एक सम्भव्यलाल प्रधान पनि थिए । राष्ट्रिय खेलकुदमा सम्भव्यले पौडीमा भाग लिएका हुन् । सो समय सम्भव्यले पदक जित्न सकेनन् तर मात्र नौ वर्षको उमेरमा एक हजार पाँच सय मिटरको कठिन इभेन्टमा निर्धारित दुरी पार गरेपछि उनी सबैको नजरमा परेका हुन् । सो प्रतियोगितामा सभ्भव्यले पोखराको फिसटेल एकेडेमीमा रहेको २५ मिटरको सो स्विमिङ पुलमा ६० पटक ओहोरदोहोर गरे ।
पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ आज सकिँदै छ । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका छ हजार सात सय ३४ वडामा तीन महिने अभियान सञ्चालन गरेको थियो ।
लहान जटियाहीका मुसहर समुदाय सुरक्षित आवास पाएर खुसी भएका छन् । सुरक्षित आवास भएपछि उनीहरूलाई गुजारा गर्न सहज भएको छ । एउटै बस्तीमा केहिले टलक्क
अहिले पुरुषोत्तम सिलवाल विश्व चेसकै सबभन्दा ठुलो पदवी ग्रान्डमास्टर बन्छु भन्ने सपनासहति खेलिरहेका छन् । खेलकुदमा रुचि भएका भाइबहिनीलाई सोद्धा, म फुटबल खेलाडी बन्छु, क्रिकेटर बन्छु भन्छ तर पुरुषोत्तमको सपना विश्वस्तरीय चेस खेलाडी बन्नु हो । पुरुषोत्तम अहिले मात्र १४ वर्षका भए । यही मङ्सिर महिनामा नेपालमा भएको एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम १८ वर्षभन्दा कम उमेर समूहमा च्याम्पियन बने ।
चौबिसे गाउँपालिका धनकुटाका सात स्थानीय तहमध्ये एक हो । करिब १९ हजार जनसङ्ख्या रहेको यो पालिकाको अध्यक्षमा राजकुमार चेम्जोङ निर्वाचित हुनुभएको छ । स्वास्थ्य, शिक्षा,
पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो ।
जाजरकोटका छ हजारभन्दा बढी भूकम्पपीडितले अस्थायी आवास पाएका छन् । सरकारले प्रदान गरेको अनुदान रकमबाट छ हजार ५९८ अस्थायी आवास निर्माण गरिएको हो । जिल्लाका सात वटै स्थानीय तहको लाभग्राहीको सूचीमा परेका ३५ हजार १४० मध्ये २० हजार ३४४ जना लाभग्राहीले अस्थायी आवासका लागि सम्झौता गरे पनि १० हजार ९६ जनाले मात्र रकम प्राप्त गरेका छन् । २५ करोड २३ लाख २५ हजार रकम वितरण गरिएको छ ।
प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव गरिएको लेकबेँसी नगरपालिका–१० को चौरासेमा कम्तीमा ७० वटा उद्योग राख्न सकिने अध्ययनले देखाएको छ । औद्योगिक विकास व्यवस्थापन लिमिटेडको एक टोलीले सो क्षेत्रमा कम्तीमा ७० वटा उद्योग राख्न सकिने निष्कर्ष निकालेको हो । प्रदेश राजधानी वीरेन्द्रनगर नजिकै रहेको र वन क्षेत्र भएकाले मुआब्जालगायत अन्य अवरोध पनि नभएकाले चौरासेमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना सम्भव भएको टोलीले जनाएको छ ।
अङ्ग्रजी नयाँ वर्ष २०२४ का अवसरमा धनुषाको ढल्केबरस्थित पर्यटकीय स्थल मिथिला सागर संरक्षण समिति पर्यटकको स्वागतमा जुटेको छ । नयाँ वर्षमा पर्यटकको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै संरक्षण समितिले मिथिला सागर क्षेत्रको सौन्दर्यीकरण, सरसफाइ, खानेपानी, विद्युतीकरण गरेको छ भने सुरक्षा व्यवस्थासमेत कडा बनाएको छ । अघिल्लो अङ्ग्रेजी नयाँ वर्षको तुल
स्याउ टिपेर बिक्री गरेपछि दाना टिपेको र पात झरेर उजाड बनेको स्याउको बोट तथा बगैँचा पुस र माघ महिनामा व्यवस्थापन तथा काँटछाँट गर्ने गरिन्छ । अहिले मुस्ताङका किसान स्याउका बोट व्यवस्थापनमा लागेका छन् । अन्य खेतीको तुलनामा कम मेहनत गर्नुपर्ने मानिने स्याउको बोटलाई हाँगाबिँगा काँटछाँट गर्ने गरिन्छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले स्याउको उत्पादन, सङ्कलन तथा बजारीकरणपछि हिउँदमा स्याउ बगैँचा व्यवस्थापन सुरु हुने जानकारी दिनुभयो । उहाँ सिँचाइका लागि पनि हिउँदको समय अति नै महत्वपूर्ण हुने बताउनुहुन्छ ।
दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित बहुसांस्कृतिक सङ्ग्रहालय अन्तर्गत पद्मसम्भव (गुरु रेम्पोछे) को मूर्ति निर्माण गरिएको छ । सङ्ग्रहालय तथा पार्कको विस्तृत परियोजना प्रतिवेदन अनुसार पहिलो चरणमा पद्मसम्भवको मूर्ति निर्माण सम्पन्न गरिएको हो । वडाध्यक्ष नवीन लामाका अनुसार मूर्ति निर्माण र रङरोगनलाई डेढ लाख रुपियाँ खर्च भएको छ । अब छ लाख रुपियाँमा रेलिङ, बत्ती जडान र वाल पेन्टिङ गर्ने तयारी भइरहेको छ ।
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा सात वटा ठुला गौरवका योजना कार्यान्वयनमा लैजान थालेको छ । बेनी नगरले चालु आर्थिक वर्षमा प्राथमिकता दिएका सडक, खानेपानी र विद्यालय भवन निर्माणका लागि उक्त योजनामा करिब पाँच करोड रुपियाँ बराबर बजेट विनियोजन गरेको छ । नगरपालिकाको पूर्वाधार शाखाका सबइन्जिनियर चन्द्रबहादुर थापाले चालु आर्थिक वर्षमा नगरपालिकाभित्र सात वटा ठुला योजना सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो । नगरपालिकाले सङ्घ तथा प्रदेश सरकारसँगको साझेदारीमा उक्त ठुला योजना सञ्चालनमा ल्याएको हो ।