• १२ साउन २०८१, शनिबार

चेसका चर्चित पुरुषोत्तम

blog

अहिले पुरुषोत्तम सिलवाल विश्व चेसकै सबभन्दा ठुलो पदवी ग्रान्डमास्टर बन्छु भन्ने सपनासहति खेलिरहेका छन् ।  खेलकुदमा रुचि भएका भाइबहिनीलाई सोद्धा, म फुटबल खेलाडी बन्छु, क्रिकेटर बन्छु भन्छ तर पुरुषोत्तमको सपना विश्वस्तरीय चेस खेलाडी बन्नु हो ।

पुरुषोत्तम अहिले मात्र १४ वर्षका भए । यही मङ्सिर महिनामा नेपालमा भएको एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम १८ वर्षभन्दा कम उमेर समूहमा च्याम्पियन बने । पुरुषोत्तमको चर्चा गत महिना नेपालमै भएको दक्षिण एसियाली चेस प्रतियोगितामा नेपालको तर्फबाट खेल्न चयन भएका चार खेलाडीमध्ये परेपछि भएको हो । सो प्रतियोगितामा आयोजक नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलङ्का र भुटान प्रतियोगितामा सहभागिता रहेको थियो । सो प्रतियोगिता भर्खर किशोर उमेरमा पुगेका पुरुषोत्तमले सातौँ चरणमा बङ्गलादेशका २२१२ रेटेड फिडेमास्टर हसन पराग मेहन्दीलाई हराएर सनसनीपूर्ण नतिजा निकाले । उनले नेपालका पूर्वच्याम्पियन सुरवीर लामा र भुटानका अनरेटेड खेलाडी डिक्चेन दोर्जीलाई पनि हराए । हुनतः पुरुषोत्तमले पहिले नै भारतमा भएको इन्दोर ग्रान्डस्लाम चेस प्रतियोगितामा भाग लिएर अन्तर्राष्ट्रिय अनुभव लिइसकेका थिए ।

पुरुषोत्तम बालुवाटारस्थित मेन्डेरियन स्कुलमा कक्षा १० मा अध्ययनरत् छन् तर स्कुल जीवनमै उहाँ नेपालका अन्तर्राष्ट्रिय चेस खेलाडी बनिसकेका छन् ।

प्रस्तुति : प्रजित शाक्य