सुदूरपश्चिममा मनाइने पर्व पुसे पन्ध्रको अवसरमा आइतबार राजधानीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सो सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पुसे पन्ध्र पर्व र देउडा गीत सुदूरपश्चिम क्षेत्रको पहिचानका रूपमा स्थापित भइसकेको बताउनुभयो । उहाँले सुदूरपश्चिमका सांस्कृतिक पर्वका बारेमा युवा पुस्तालाई जानकारी दिनुपर्ने र प्रवर्धनको आवश्यकता रहेको बताउनुभयो ।
मुसीकोट नगरपालिकाले कृषकले उत्पादन गरेका सुन्तला बगैँचामै गएर खरिद गरिदिएको छ । कृषकले उत्पादन गरेको कृषि उपज बिक्री नभएको र बजार नपाएको गुनासो आइरहेको समयमा नगरपालिकाले कृषकको बगैँचामा गएर सुन्तला खरिद गरिदिएको छ । कृषकको उत्पादनलाई बजारको सुनिश्चित गर्नका लागि नगरपालिकाले न्यूनतम दररेट निर्धारण गरी खरिद गरिदिने गरेको सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनुभयो । नगरपालिकाले कृषि उपज खरिद गरिदिँदा कृषकलाई बजारको समस्या नहुने र उत्पादनमा केन्द्रित हुन पाउने नगरपालिकाले जनाएको छ । कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारको समस्या नहोस् भन्नका लागि आफूहरूले न्यूनतम दर निर्धारण गरेको नगर प्रमुख जीवन खरेलले बताउनुभयो । कृषकले उत्पादन गरेका उपज बिक्री नभएमा नगरपालिकाले निर्धारण गरेको दरमा खरिद गर्ने र बजार व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।
डेडिकेटेड तथा ट्रङ्क लाइन विद्युत् महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतको चित्तबुझ्दो प्रमाण दिन सके प्रिमियमबापतको शुल्क तिर्न तयार रहेको उद्योगीले बताएका छन् । उद्योगीका तर्फबाट आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्युत् महसुल विवादमा आफूहरूलाई अनावश्यक बदनाम गरिएको आरोपसमेत लगाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एव अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले आफूहरूले प्रिमियम तिर्नुपर्ने गरी विद्युत् खपत गरेको प्रमाण नदिने अनि विवादकै अवस्थामा विद्युत् काटेर उद्योगी व्यापारीलाई प्रताडित गरेको आरोप लगाउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा कमी आएको छ । प्रत्येक वर्ष कोदो उत्पादनको क्षेत्रफल घटे पनि उत्पादनमा भने त्यति गिरावट आएको थिएन तर यस वर्ष गत वर्षको तुलनामा ११.५० प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुुनः आवेदन खुलाएको छ । उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएपछि आइतबार पुनः आवेदन खुला गरेको हो ।
उपत्यका बजारमा चीनको प्याज भित्रिन थालेसँगै भारतबाट आएको प्याजसमेत सस्तो भएको छ । मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपियाँ पुगेको हो । देशकै ठुलो तरकारी बजारमा कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आइतबार प्याजको मूल्य ८५ रुपियाँ थोकमा कारोबार भएको छ । मङ्सिरको अन्तिम साता भारतीय सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्याजमा परनिर्भर नेपालमा भाउ ह्वात्तै बढेको थियो ।
एक सातादेखि चितवनको सौराहाका होटल पर्यटकले खचाखच भएका छन् । गत आइतबारदेखि शनिबारसम्म सञ्चालन भएको हात्ती महोत्सवबाटै पर्यटकको भिड लागेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारीले जानकारी दिनुभयो । ‘पर्यटकको चहलपहल वृद्धि गर्नकै लागि हात्ती महोत्सव गरेका थियौँ, सफल भयौँ,” उहाँले भन्नुभयो, “त्यसको प्रभावले अहिले सौराहाका ९० प्रतिशत होटलका कोठा बुक भएका छन् ।”
सरकारले विद्युतीय सवारीसाधनमा ६० प्रतिशतसम्म भन्सार छुट दिएपछि आयात वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा तीन हजार ६७५ वटा विद्युतीय सवारी कार, भ्यान र जिप आयात भएका छन् । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार ५० किलोवाटसम्मका पाँच खर्ब ८१ करोड २३ लाख ९२ हजार रुपियाँबराबरका दुई हजार २८ वटा ती सवारीसाधन आयात भएका छन् । ५२ वटा ५१ देखि एक सय किलोवाटसम्मका करिब २६ करोड २६ लाख ४२ लाख रुपियाँबराबरका विद्युतीय गाडी आयात भएका छन् ।
आमनेसामने दुई भिन्न संरचना छन्, एउटा मान्द्रो (चित्रो) ले बेरेको र मान्द्राले नै छाएको छाप्रो र अर्को चाहिँ ढुङ्गाको गारोको र जस्ताले छाएको । झट्ट हेर्दा यी दुई बेग्लाबेग्लै परिवारका संरचना जस्तो लाग्छ तर यी एकै परिवारका संरचना हुन्– एउटा घर र एउटा शौचालय । यी ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–३ का छत्र दर्जीका संरचना हुन् । मान्द्रो परिवार बस्ने घर हो र सुविधासम्पन्न जस्ताले छाएको शौचालय । शौचालयको छानो जस्ताको छ भने मान्छे बस्ने घर मान्द्रोले बारिएको छाप्रो छ ।
थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचान र नियन्त्रण गर्न बाँकेका दुई पालिकाले सहकार्य गर्ने सहमति गरेका छन् ।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर केहीबेर अघि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो ।
अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ ।
आजदेखि सन् २०२३ बिदा भएको छ । एक वर्षमा विश्वभर राजनीतिक परिवर्तनका साथै विभिन्न हिंसात्मक द्वन्द्व भए । जसका कारण धेरै मानवीय तथा भौतिक संरचनाको क्षति हुन पुग्यो ।