सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई प्राथमिकता दिने भएको छ ।
युक्रेनले रुसको सीमावर्ती सहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० वटा अपार्टमेन्टभवनमा क्षति पुगेको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
बिहेको भोजमा खर्च गर्ने रकमलाई कटौती गर्दै सञ्चारकर्मी मोहन बस्नेतले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर चलाउनुभएको छ । शिविरबाट चार सय जनाले सेवा लिएका छन् ।
सरकारी अस्पतालमा सञ्चालन भइरहेको सामाजिक सेवा एकाइ बिरामीका लागि वरदान साबित भएको छ । सरकारले गरिब, असहाय, विपन्न, लैङ्गिक हिंसापीडित, ज्येष्ठ नागरिकलगायतलाई दृष्टिगत गरी औषधोपचारमा आर्थिक सहयोग गर्ने उद्देश्यले सो एकाइ सञ्चालनमा ल्याएको हो । एकाइ सञ्चालन भएयता उपचारमा विशेष छुट पाउन थालेपछि लाभग्राहीको आकर्षण बढेको छ ।
नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधि सभा सदस्य सीताकुमारी रानाले पहिला टेलिभिजनमा देख्दै आएको संसद् र संसदीय समितिका बहस एवम् छलफलमा आज आफैँ सहभागी हुने अवसर पाउनुभएको छ ।
प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिर परिसर क्षेत्रमा बर्सेनि सप्तकोशी नदीले गर्दै आएको कटानको दिगो नियन्त्रणको प्रयास थालिएको छ । वराहक्षेत्र नगरपालिकाको पहलमा कोशी प्रदेश सरकारले कटान नियन्त्रणका लागि दुई करोड बजेट विनियोजन भएपछि कटानको स्थायी नियन्त्रणका लागि प्राविधिकले स्थलगत अध्ययन थालिएको हो ।
प्रकृतिपूजक किराँती लिम्बू समुदायको चासोकमा विभिन्न जातजातिले आआफ्नो संस्कार संस्कृति अनुसारको नाच प्रदर्शन गरेका छन् । लिम्बू समुदायको मुख्य चाड चासोकको अन्तिम दिनमा राई समुदायले साकेलासिली नाच, मगर समुदायले हुर्रा नाच, तामाङ घेदुङ समुदायको आआफ्नो संस्कार संस्कृति अनुसारको नाच प्रदर्शन गरेको थियो ।
बाँकेका अस्पतालमा ‘स्क्रब टाइफस’ रोगका बिरामी बालबालिका उपचारका लागि आउने क्रम बढेको छ । कान्ति आरोग्य हस्पिटलका वरिष्ठ बालरोग विशेष डा. रोमा बोहोराले दैनिक जस्तो ‘स्क्रब टाइफस’ का बिरामी बालबालिका अस्पतालमा उपचारका लागि आउने गरेका जानकारी दिनुभयो । उहाँले बालबालिकामा ‘स्क्रब टाइफस’ देखिन थालेपछि उपचारका लागि अस्पताल आउने बढ्दै गएका बताउनुभयो । डा. बोहोराका अनुसार ‘स्क्रब टाइफस’ एक किसिमको सरुवा रोग हो । यो रोग किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्छ । यो रोग माइटमा पाइने ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने गर्छ ।
बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा ऐन संशोधन गर्दै सकिएको छ । नगर सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलस्रोत उपयोग विधेयक, २०८० र छाडा पशुचौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक, २०८० नगर प्रमुख खेलराज पाण्डेयले छलफलपछि सर्वसम्मतिले पारित गरेको जानकारी दिनुभयो ।
मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि बागमती प्रदेशको राजधानी हेटौँडामा दुई दिने फोटो प्रदर्शनी गरिने भएको छ । हेटौँडाको बुद्ध चोकमा पुस २० र २१ गते फोटो प्रदर्शनी गरिने भएको हो ।
दाङको घोराही उपमहानगरपालिकाले अघिल्लो कार्यकालमा उपमहानगर क्षेत्रका विद्यालयमा मातृभाषामा पढाउने निर्णय ग¥यो । झन्डै तीन वर्षअघि गरिएको यो निर्णय कार्यान्वयनका लागि लागेको उपमहानगरले नगर क्षेत्रमा थारू भाषाको पढाइ सञ्चालन गर्ने निधो गरेको थियो । उपमहानगरको यो निर्णयउपलब्धिमूलक देखिएन ।
बर्दियाबाट दाङ दंगीशरण गाउँपालिकाको चखौरा वनभोजका लागि आएको गाडी दुर्घटना भएको छ ।
गुरुङ समुदायको तमु ल्होसार पर्वको पूर्वसन्ध्यामा नवलपुरमा स्यौरा गायनले रौनक छाएको छ । नवलपुर जिल्लाको गुरुङ समुदायको बाहुल्य रहेका स्थानमा तमु ल्होसार आउनुपूर्व स्यौराको रौनक छाएको हो । तमुहरूको महान् पर्व २६ सय सातौँ तोला ल्होसारको अवसरमा विभिन्न स्थानमा रहेका गुम्बा तथा बौद्ध धर्मावलम्बीको निवासमा स्यौरा छाइरहेको छ ।