मेलम्चीमा शनिबार आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सातजना लाभान्वित भएका छन् ।
विसं २०८० साल माघ ११ गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यका लागि निर्वाचन हुँदै छ । मुलुकको स्थायी सदनका सदस्य पूर्ति गर्ने क्रममा हुन लागेको सो चुनावका लागि उम्मेदवार हुन इच्छा देखाएका व्यक्तिको दौडधुप चलेसँगै राष्ट्रिय सभाको उद्देश्य, औचित्य र त्यसमा निर्वाचित हुनुपर्ने व्यक्तिका बारेमा चर्चा–परिचर्चा हुन थालेका छन् । मान्छे र राजनीतिक दलका पक्ष र प्रतिपक्षमा चुलिँदै गएको बहसले राजनीतिक सरगर्मी बढाएको छ भने राष्ट्रिय सभाको मर्म, संविधानको आशय र जनचाहना कुनै पनि हालतमा मार्न नहुने पक्षमा आमअभिमत एकढिक्का हुँदै गएको छ । दलहरूले बनाउँदै गएको धारणाले आमअभिमतको कदर हुन्छ कि हुँदैन भन्नेमा संशय पैदा भएको छ ।
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गामा मिति २०८०/०८/१० गतेदेखि सेवाग्राहीका लागि सेवा प्रवाह ‘समय कार्ड’ लागु भएको छ । ओखलढुङ्गा इजलासको सक्रियतामा मातहत जिल्ला अदालत मशः ओखलढुङ्गा जिल्ला अदालत, खोटाङ जिल्ला अदालत र सोलुखुम्बु जिल्ला अदालतहरूमा मिति २०८०/०९/०१ गतेदेखि सेवाग्राहीका लागि सेवा प्रवाह ‘समय कार्ड’ लागु गरिएको छ । सेवाग्राहीका लागि आफूले प्राप्त गर्ने सेवा र त्यसको समयावधि सुनिश्चित गर्ने उद्देश्यले ‘समय
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले गुरुङ जातिको महत्त्वपूर्ण पर्व तमु लोसारका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । हरेक वर्ष पुस १५ मा तमु अर्थात् गुरुङ जातिले हर्षोल्लासपूर्ण वातावरणमा तमु लोसार मनाउँदै आएका छन् ।
गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताउनुुभएको छ ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले कार्यालय प्रयोजनका लागि दश करोडमा घर किन्ने भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ को सिमलचौर नजिक रहेको घर करिब १० करोडमा किन्ने निर्णय भएको एमाले गण्डकी अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।
बाजुराको बुढीनन्दा नगरपालिका–८, पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बनाउने काम सुरु गरेका छन् । असोजदेखि मङ्सिर महिनासम्म बुढीनन्दा नगरपालिकाको मेलापात वन जङ्गलमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट यहाँका स्थानीय महिलाले खुदो बनाउने गरेका हुन् ।
भारतबाट उन्नत जातका भैँसी तथा गाईको ठुलो सङ्ख्यामा हुने आयात घटाउन तनहुँमा किसानलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडापाडी र बाच्छाबाच्छी हुर्काउने किसानलाई कृषकलाई व्यवस्था गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले बाँझो जमिन भाडामा लिई स्थानीय उत्पादनलाई वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गरेको छ । १४५ रोपनी बाँझो जमिन खनजोत गरी हाल प्याज खेती गरिएको छ । बढ्दो बसाइँसराइले गाउँका जमिन बाँझो हुनुका साथै बेरोजगारी बढेको भन्दै रोजगारीको सिर्जना र आर्थिक उत्पादन वृद्धि गरी आत्मनिर्भर नगरपालिका बनाउन बाँझो जग्गा उपयोगको कार्यक्रम ल्याइएको नगर प्रमुख झविलाल थापाले बताउनुभयो । नगरपालिकाले बाँझो रहेका जग्गाधनीसँग सम्झौता गरी पहिलो चरणमा प्याज खेतीको सुरुवात गरेको हो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।
अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेख्नुभएको नाटक १२ एङ्ग्री मेन अर्थात् ‘१२ दुर्वासा’ पोखरा थिएटरमा मञ्चन हुने भएको छ । रोजले उक्त ‘कोर्ट रुम’ नाटक सन् १९५४ लेख्नुभएको थियो । अमेरिकामा व्याप्त वर्ण विभेदमाथि लेखिएको नाटकमा आधारित रहेर थुप्रै भाषामा नाट्य रूपान्तरण तथा चलचित्र बनिसकेको छ ।
नेपथ्यको नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक भएको छ । सामाजिक विसङ्गतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतलाई नवीन जोशीले म्युजिक भिडियोका रूपमा ल्याउनुभएको छ । नेपथ्यको सर्वाधिक चर्चितमध्ये एक ‘रेसम’ गीतको म्युजिक भिडियो दुई दशकअघि बनाएका नवीनले ब्यान्डका लागि तयार पार्नुभएको यो दोस्रो म्युजिक भिडियो हो ।