नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले चाँडोचाँडो बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई चलायमान बनाएको बताउनुभएको छ ।
बाँकेमा बर्षौं अघिदेखि एक भारतीय नागरिकले कब्जा गरी अनाधिकृत रुपमा प्रयोग गर्दैआएको एक सरकारी कार्यालयको एउटा भवन बाँके प्रशासनले खाली गराएको छ ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भुमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ ।
गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिनलाई वस्तुनिष्ठ बनाउन केही सुरक्षा अधिकारीको निलम्बन गरेको छ।
नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शीतगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भूमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सूर्य नेपाल ‘एनपीजीए म्याच प्ले’ गल्फ प्रतियोगिताको उपाधि दिनेश प्रजापतिले जित्नुभएको छ । गल्फ टुर २०२३/२४ अन्तर्गत रोयल नेपाल गल्फ क्लबमा भएको सिजनको दोस्रो प्रतियोगितामा दिनेशले ३६ होलको फाइनलमा जयराम श्रेष्ठलाई ६/४ ले हराउनुभयो ।
पोखराको लेकसाइडमा जारी २५औं संस्करणको सडक महोत्सवमा प्रदर्शनीमा राखिएका परम्परागत सामग्री ।
बाँकेका श्रष्टा मणि अर्यालले प्रभा बर्ताैलासँगको संयुक्त शब्द रचनामा तयार पार्नु भएको ‘राम साइला’ साङ्गीतिक एल्बम बजारमा आएको छ । मणि अर्यालको सातौँ गीत कोसेली ‘राम साइला’ सार्वजनिक भएको हो ।
राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा उहाँबाट देश विकास र प्रजातन्त्र सुदृढीकरणका लागि चालिएका कदमबारे चर्चा गरिएको छ । राप्रपा नेपालद्वारा आज यहाँ आयोजित स्व.वीरेन्द्र : बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठिमा सहभागीले सन्तुलित कूटनीतिकमाध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवी प्रवर्द्धनमा उहाँको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराउनुभएको छ ।
गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सव मनाएको छ । आज सहिद पार्क गोकर्ण काठमाडौँमा सहकारीको वार्षिकोत्सव मनाइएको हो ।
इलाममा आजदेखि ललितकला उत्सव सुरु भएको छ । नेपाल र भारतका कलाकारका कलाकृति समेटेर उत्सव सुरु गरिएको हो । इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकासहित छ संस्थाको संयुक्त आयोजनामा उत्सव सुरु भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरूले शुक्रबार बालकुमारीमा गरेको आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको निधन भएको घटनामा सत्य तथ्य छानबिन हुनुपर्ने र दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ ।
सप्तरीको जिल्ला ट्राफिक कार्यालय जीर्ण अवस्थामा छ । सप्तरी ट्राफिक प्रहरी कार्यालय देशको पुरानोमध्येको एक हो। वर्षौँदेखि कार्यालयको भौतिक संरचना निर्माणमा कसैको चासो नहुँदा यहाँको भवन जीर्ण बनेको छ ।