गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २१ हजार ३२० पुगेको छ । गाजामा विगत २४ घण्टामा कम्तीमा २१० जनाको ज्यान गएको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा गहिरिँदो स्वास्थ्य र मानवीय सङ्कटसँग जुध्नका लागि तत्काल कदम चाल्न आह्वान गर्दै अन्तर्राष्ट्रिय समुदायलाई आर्थिक सहयोग बढाउन आग्रह गरेको छ ।
मकवानपुरमा सञ्चालन भएको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको टोली सवार गाडी दुर्घटना हुँदा १ खेलाडीको मृत्यु भएको छ ।
बङ्गलादेशमा सन् २०२३ मा विभिन्न पेसागत दुर्घटनाहरूका कारण कूल १० हजार २ कामदारको मृत्यु भएको स्थानीय विकास मामिला हेर्ने एक संस्थाले जनाएको छ ।
उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ ।
धनुषाको विदेह नगरपालिका व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । विदेह नगरपालिकाका नगरप्रमुख बचेन दासले सेवा ग्राहीलाई श्रम पत्र हस्तान्तरण गरेर श्रम स्वीकृति दिन सुरु गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो ।
नेपाल विद्युत प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ ।
लामो समयदेखि व्यवसाय एवम् विद्यार्थी राजनीतिमा होमिँदै आउनुभएका हुम्लाको खार्पुनाथ गाउँपालिका-१ का खेम खड्काले सानोमा आफूले अध्ययन गरेको विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।
गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । यही पुस ९ गते र १२ गते एक बिरामीलाई डायलासिस सेवा प्रदान गरेसँगै अस्पतालमा अब नियमितरुपमा सेवा सुरु हुने भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका–८ का देविराम खनालको अस्पतालले सफल डायलासिस गरेको हो ।
आर्थिक समृद्धिका लागि महिलालाई उद्यमशील बनाउन नीतिगत तहबाट विशेष कार्ययोजना हुनुपर्नेमा पर्यटन व्यवसायी महिलाले जोड दिएका छन् ।
मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका दोषीलाई कारबाही हुने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले सो घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने जानकारी गराउनुभएको हो ।
अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । नेपालगन्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताउनुभयो ।
सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।