स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका-७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार प्रदान गरेका छन् ।
पोखरा महानगरपालिका-२७ डाँडाकोनाक जारी पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा शनिबार बिहान बस दुर्घटना भएको छ । बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस दुर्घटना हुँदा ३० वर्षीय ईश्ववती कुमारीको मृत्यु भएको हो ।
नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ ।
रुपन्देहीको मर्चवारी गाउँपालिका-१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ ।
समय चङ्गा बनेर झुन्डिएको छ हावाले कहिले यता हल्लाउँछ कहिले उता हल्लाउँछ
स्थानीयलाई मालपोत कार्यालयमा नै आफ्नो घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्दा धेरै सास्ती खेप्नुपर्थ्यो । मालपोत कार्यालयदेखि टाढा बसोबास गरेका स्थानीयलाई एक दिनको समय खर्चेर राजस्व तिर्न जानुपर्ने समस्या अहिले रामपुरवासीको अन्त्य भएको छ ।
एक दिन मान्छेबारे सोच्दा सोच्दै स्मृतिपटलमा आयो एउटा आदिम मान्छे !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेशका मुख्यमन्त्रीहरूले भेट गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै अधिकार माग गर्दै असन्तुष्ट प्रदेशका मन्त्रीहरूले शनिवार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो ।
नेपालमा घण्टीको धार्मिक महत्व ठुलो छ । हरेक मठ मन्दिरमा घण्टा वा घण्टी देख्न पाइन्छ । साना आकारका घण्टी र ठुलालाई घण्टा भन्ने गरिएको पाइन्छ । मन्दिरमा देवताको पूजा आराधना गर्न जाने भक्तजन त्यहाँ रहेका घण्टीहरु बजाउँछन् । भक्तजनद्वारा नै देवमन्दिरहरुमा घण्टा वा घण्टीहरु स्थापना गरिएका हुन्छन् । घण्टी नबजाई पूजाआजा पूरा हुँदैन भन्ने विश्वास छ । घरका पूजा कोठामा साना घण्टी राखिएका हुन्छन् । साँझ–बिहान पूजा गरेपछि वा साँझबत्ति बालेपछि घण्टी बजाइ
चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ । चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो ।
ढकमक्क फुलेका छौ स्मृतिको बाटिकाभरि कविता काव्यका छर्दै बास्ना मीठा थरीथरै छटा प्रकृतिका भित्र उधिन्छौ चेतको जिमी स्रष्टा सन्ततिका माझ झन्झन् लाग्छौ नयाँ तिमी
जिन्दगानी यात्रा सधैँ कहिले नसकिने यौटा सक्नासाथै फेरि अर्को थालिहाल्ने.....
विसं १९९९ असोज ५ गते महोत्तरी जिल्लाको बिजलपुरामा जन्मनुभएका पोखरेल रामजीप्रसाद उपाध्याय (राप्रउ) को लेखकीय यात्रा ‘कथा’ (पर्वत सामयिक सङ्कलन–२०२५)बाट प्रारम्भ भएको देखिन्छ । त्यसपछि उहाँका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा मात्र सीमित रहन्छन् । एक सिद्धहस्त लेखक, चिन्तक, अनुसन्धाता, प्रखर विद्वान्, समाज, संस्कृति र साहित्यका अध्येता पोखरेल फुटकर रूपमा प्रकाशन भइरहे पनि ठोस कृतिमा आउन निकै समय लागेको देखिन्छ ।