चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो ।
अनमोल पल, अनुपम दृश्य, असीमित खुसी । जिन्दगीका रहरहरू पूरा भएपछि । परिकल्पनाले यथार्थलाई भेटेपछि । भ्रमणमा भव्य सफलता मिलेपछि । हर्षमा पनि आँसु स्वतः नै झर्दो रहेछ । खुसीमा बोली पनि बन्द हुँदो रहेछ । हिमाली सौन्दर्यमा शब्दहरू चुपचाप र निःशब्द मन मदहोश हुन पुग्दो रहेछ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका ४८ वर्षिय माधव केसीले व्यावसायिक रुपमा पालन गरेको उन्नत जातका मौरी । विगत डेढ दशकदेखि सो पेसा अङ्गालेका केसीले तीन जनालाई रोजगारी दिनुभएको छ ।
विसं २०७८ को १२ औँ राष्ट्रिय जनगणनामा १४२ जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूहको तथ्याङ्क आएको छ । त्यसमध्ये कुलुङ जाति पनि एक हो । यो तथ्याङ्कले वास्तवमै विविध जातजाति, भाषाभाषी र धार्मिक समूह आदिको साझा फूलबारी जनाउँछ । विसं २०७८ को राष्ट्रिय जनगणना अनुसार कुलुङ जातिको जनसङ्ख्या ३३ हजार ३८८ रहेको छ । त्यस्तै कुलुङ भाषा वक्ता सङ्ख्या ३७ हजार ९१२ र आफ्नो पुर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको सङ्ख्या ४० हजार ४७९ रहेको छ तर कुलुङ जातिको आधिकारिक संस्था नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ (किरात कूलू गूसखोम) ले
नेपालको इतिहासको ज्यादै महत्वपूर्ण घटना हो, नेपाल–अङ्ग्रेज युद्ध । वर्तमान भारतको शासकका रूपमा रहेको तत्कालीन इस्ट इन्डिया कम्पनी (अङ्ग्रेज) सरकार र नेपाल सरकारबिच कैयौँ महिनासम्म चलेको भयङ्कर सङ्ग्रामका क्रममा अधिकांश ठाउँमा नेपाल पराजित भएको थियो भने केही ठाउँमा नेपालको विजय भएको थियो । नेपाली पक्षको विजय भएको लडाइँमध्ये ज्यादै पृथक् र दुर्लभ रहेको रौतहटको समनपुर लडाइँ हो । इतिहासमा यस्तो दुर्लभ विजय ज्यादै न्यून पाइन्छ ।
पर्यटकको आकर्षक गन्तव्य मध्येमा पर्ने रारा ताल हिजोआज फोहोर ढाँक्न थालेको छ । फोहोर सफाइ र व्यवस्थापनमा स्थानीय सरोकार पक्षले चासो नदेखाउँदा रारा फोहोर बन्न थालेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले लिएका सुशासन, सामाजिक न्याय, समृद्धि, समाजवाद उन्मुख लोकतन्त्र र सङ्घीयताको व्यावहारिक कार्यान्वयन भएको देखिन्छ । सरकार गठन भएको यो एक वर्षको अवधिमा विभिन्न क्षेत्रमा जस्तै सांस्कृतिक क्षेत्रको चलचित्रको विकासमा सरकारले उल्लेखनीय कार्य गरेको छ ।
विसं २०७९ पुस ११ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा मन्त्रीमण्डल गठन भयो । यस अर्थमा यो साल पुस १० गते उहाँ प्रधानमन्त्री भएको एक वर्ष भएको छ, यद्यपि यसबिचमा सरकार भने दुई वटा फरक प्रकृति र प्रकारका गठन भए, पहिलो नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका पार्टीहरूको गठबन्धन सरकार र दोस्रो नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)
इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् ।
तराईका फाँटमा आकाशै ढाक्ने गरी विभिन्न आकृति बनाउँदै उड्ने पन्छी पहिलेको तुलनामा कम देखिन थालेका छन् । गाउँघर, बासझ्याङ र झाडी रुखमा घाम डुब्दै जाँदा चिरीबिरीको आवाजले मुग्ध बनाउने ती मधुर सङ्गीत पनि आजकल गाउँघरमा सुनिन छाडेका छन् । कङ्क्रिटका सहरबाट हराउँदै जान थालेका त्यस्ता चरा आजकाल गाउँमा पनि देखिन छाड्दै गएका छन् । दिनभरि खेतमै किसानलाई बाली रुग्न बाध्य बनाउने त्यस्ता चरा आजकल सोही अनुपातमा देखिन छाडेका हुन् ।
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ ।
हप्तामा तीन वा सोभन्दा कम दिन मात्रै मलोत्सर्ग हुनु, दिसा साह्रो हुनु, मल त्यागका लागि बल गर्नुपर्ने आवश्यकता हुनु र मल त्यागपछि पनि पेट सफा नभएको भान भइरहनु जस्ता लक्षण समूहलाई कब्जियत वा अङ्ग्रेजीमा ‘कन्स्टिपेसन’ भनेर बुझिन्छ । कहिलेकाहीँ लामो समयसम्म मलोत्सर्ग नहुँदा आन्द्रामा मलको सञ्चिति भई एकै पटक पखालाका रूपमा मलको निष्कासन हुने पनि कब्जियतकै कारण हुन सक्दछ । त्यस्तै पेट फुलेको महसुस हुने, पेट दुख्ने, मल त्याग गर्दा मलद्वारमा दुख्ने, घाउ हुने वा रगत देखिने जस्ता लक्षण पनि कब्जियतका कारण देखा पर्न सक्दछ ।
धेरै किसानका लागि गोरुले दाइँ गरी धान चुट्ने दिन अब गइसके । एक आपसमा मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज त्यस्तो दृश्य विरलै देख्न पाइन्छ । देशका अधिकांश ठाउँमा पछिल्लो समय धान चुट्न थ्रेसर मेसिन प्रयोग हुन थालेको छ । दाइँ गर्ने मात्र होइन, धान रोप्न र काट्न पनि मेसिन प्रयोग हुन थालेको छ । यसले किसानलाई धेरै सजिलो भएको छ । सिरहा नवराजपुरका जागेश्वर यादव भन्नुहुन्छ, “गाउँ छाडेर मानिस वैदेशिक रोजगारीमा वा अध्ययनका लागि सहरबजार गएपछि खेतमा काम गर्ने मजदुर पाइँदैन तर कृषिमा भित्रिएको प्रविधिले यो चिन्ता हटाइदिएको छ ।” धान रोप्नदेखि भित्र्याउनसम्म मेसिन प्रयोग हुन थालेपछि मजदुरको आवश्यकता नै पर्दैन । दाइँको तयारीका लागि पाँच/सात दिनअघिदेखि नै
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा