गाउँकै दाजु नाता पर्नेको दाहसंस्कार गरेर ५२ वर्षीया टेकबहादुर शाह घर फर्किँदै हुनुहुन्थ्यो । लुङग्राको थुवा लेक नजिक पुगेपछि साथमै घर फर्किरहेका काठेरुले फेसबुक हेरेपछि वीरेन्द्रको मृत्युको समाचार थापा पाए ।
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ।
विश्वव्यापी आवधिक समिक्षा (तेस्रो चक्र) बाट बाल अधिकार सम्वन्धमा प्राप्त सिफारिस कार्यान्वयनको अवस्था र मध्यकालीन समिक्षा सिफारिसबारे अन्तरक्रिया गरिएको छ ।
जानु पाण्डे कपिलवस्तु, पुस १३ गते। लुम्बिनी प्रदेशमा उद्योग तथा यातायातमन्त्री सरोज थापाले उद्योगीका समस्या समाधान गर्ने बताउनुभएको छ। आठौँ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव २०८० को समुद्घाटन गर्दै मन्त्री थापाले आर्थिक अवस्था चलायमान नहुँदा उद्योगीलाई समस्या भएको बताउँदै उद्योग सञ्चालन हुने अवस्था ल्याउन र बैंक कर्जाका समस्या समाधान गर्नका लागि उद्योगीसँग छलफल गर्ने बताउनुभयो।सभामा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले कपिलवस्तुमा यातायात व्यवस्था कार्यालय नहुँदा जिल्लावासीलाई समस्या भएको बताउनुभयो। कपिलवस्तु जिल्लाको पश्चिमी भेगमा विकासको प्रचुर सम्भावना भए पनि सिंचाई र पूर्वाधार विकासको पहुँच न्यून रहेको केसीले बताउनुभयो। उद्घाटन सभामा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेर अली, प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, व्यापार संघका केन्द्रीय सदस्य महादेव पोख्रेलले महोत्सवले चन्द्रौटा–कृष्णनगर औद्योगिक क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो।विकासको पूर्वाधार आन्तरिक उत्पादन उद्योग र व्यापार भन्ने मूल नाराका साथ शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने मुख्य उद्देश्य आयोजक संस्था चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले बताउनुभयो। पुस २४ गतेसम्म चल्ने महोत्सवले स्थानीय कलकारखाना, घरेलु तथा साना उद्योग, व्यवसायसँगै स्थानीय पर्यटन विकासमा जोड दिने छ संघका महासचिव राजकुमार क्षेत्रीले बताउनुभयो।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरुको प्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संसोधन गर्नुपर्ने बताउनुभएको छ ।
इलामको सूर्याेदय नगरपालिकाले साँझको पाँच बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने व्यवस्था गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अबैध रुपमा गाँजा बोकी हिँड्ने एक युवकलाई पक्राउ गरेको छ ।
बुटवलको बसपार्कदेखि तीनकुनेसम्म पाँचौ सडक खाना महोत्सव हुनेभएको छ । बुटवलको पर्यटन प्रवर्धन र सुस्ताएको बजारलाई थप चलायमान बनाउने उद्देश्यका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पाँचौ संस्करणको सडक खाना महोत्सव गर्न लागेको हो ।
प्रहरीले बहुमुल्य मुगा मालाहरु चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा दुई हजार ४९ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण वर्षभरि नै भएको हो ।
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न हेटौँडामा भेला भएका सातै प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटगरी साझा धारणा बुझाउने भएका हुन् ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आयोग बनाएर डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
यस वर्षको ‘सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान २०८०’ बाट गोरखापत्रका उपसम्पादक लक्की चौधरी (लोकबहादुर चौधरी) सम्मानित हुनुभएको छ । नेवा ः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०८ औं जन्म दिवसको अवसरमा आयोजित समारोहमा उहाँलाई आज सम्मानित गरेको हो ।