तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधान लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइनेछ ।
गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शन, तोडफोड र आगजनीको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।
तस्बिर तथा श्रव्यदृश्यमा रुचि हुनेहरुका लागि लक्षित गरी ‘मोमेन्टोग्राफी’ कार्यशाला आजदेखि सुरु भएको छ । ओभासु फिल्मद्धारा यहाँ आयोजित १० दिने कार्यशालामा यस विधामा क्रियाशील १५ सञ्चारकर्मी सहभागी छन् । कार्यशाला यही पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।
सर्वोच्च अदालतले माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्नेविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
जलवायु परिवर्तनको असर विस्तारै पन्छीहरुमा पनि देखिन थालेको छ । जाडो बढेसँगै मनाङ नासोँ गाउँपालिकास्थित एक घरमा डाँफे आउन थालेको वडा ५ का वडाध्यक्ष थुतेन लामाले जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई व्यवस्थापन, आर्थिक एवम् पिन्टिङ र चौधरीलाई कानुनी सल्लाहकार नियुक्त गरेको हो।
कोरियन जहाज कम्पनीका कामदार र उत्पादनमूलक कामदार छनोट गर्ने प्रयोजनका लागि आवेदन दिएका सबैलाई इपीएस परीक्षामा सामेल गराउन उच्च अदालत पाटनले आदेश दिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
नेपाली कांग्रेसले बालकुमारीमा प्रदर्शनकारीले उठाएको विषयप्रति गम्भीर बन्न सरकारसँग माग गरेको छ।
कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना अभियोगमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवर्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनपछिकाे भडपमा दुईजनाको मृत्यु भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयअन्तर्गतका निकाय र महाशाखाहरुको कार्यसम्पादन मूल्याङ्कन प्रभावकारी बनाउन अङ्कमा आधारित नजिता प्रणाली लागू गर्ने बताउनुभएको छ ।
सडक निर्माणले दुई हजार व्यवसायी पलायन
दमौलीबाट लमजुङको कुन्छा जाँदै गरेको गरेको ना ६ ख ५४७९ नं. को बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिनुभयो ।