• २१ असार २०८१, शुक्रबार

गोरखापत्र संस्थानको सल्लाहकारमा अधिकारी र चौधरी नियुक्त

blog

गोरखापत्र संस्थानको व्यवस्थापन, आर्थिक एवम् प्रिन्टिङ सल्लाहकार रामकृष्ण अधिकारी र कानुनी सल्लाहकार सुशीला चौधरी।

काठमाडौं, पुस १३ गते। गोरखापत्र संस्थानको सल्लाहकारमा रामकृष्ण अधिकारी र सुशीला चौधरी नियुक्त हुनुभएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई व्यवस्थापन, आर्थिक एवम् प्रिन्टिङ र चौधरीलाई कानुनी सल्लाहकार नियुक्त गरेको हो। 

नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर २ घर हुनुभएका अधिकारी लामो समयदेखि पत्रकारिता सेवामा सक्रिय हुनुहुन्छ। उहाँसँग राजधानी, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट दैनिक, रेडियो मिर्मिरे र मेरो न्युज डटकममा काम गरेको सम्पादकीय र व्यवस्थापकीय अनुभव छ। पत्रकारिता विषयमा स्नातकोत्तर अधिकारी नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ घर हुनुभएका चौधरी लामो समयदेखि कानुन व्यवसायमा सक्रिय हुनुहुन्छ। राजनीतिशास्त्रमा स्नातकोत्तर चौधरीले कानुन विषयमा एलएलबी गर्नुभएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १४ को उपदफा (१) बमोजिम अधिकारी र चौधरीलाई सल्लाहकारमा नियुक्त गरेको हो।