• १५ मंसिर २०८१, शनिबार

गाउँ छिर्न थाले डाँफे

blog

वडा अध्यक्ष लामा डाँफे काखमा लिएर देखाउँदै । तस्विर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट

मनाङ, पुस १३ गते । जलवायु परिवर्तनको असर विस्तारै पन्छीहरुमा पनि देखिन थालेको छ । जाडो बढेसँगै मनाङ नासोँ गाउँपालिकास्थित एक घरमा डाँफे आउन थालेको वडा ५ का वडाध्यक्ष थुतेन लामाले जानकारी दिनुभयो ।

‘सायद बाजले लखेटेर भाग्दै आएको होला, घरमै आयो’ लामाले भन्नुभयो, ‘राष्ट्रिय पन्छी भएकाले यसको जगेर्ना गर्नुपर्छ भन्दै जङ्गलमै लगेर छाडिदियौं ।’ उहाँले वडा २ को इको हिमालयन होटलमा आएको डाँफेलाई होटल सञ्चालकको जिम्मा लगाएर छाडिएको जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय पन्छीको संरक्षणमा जुट्न आग्रह गर्दै सिङ्गो पालिका नै संरक्षणमा जुटेको बताउनुभयो ।