पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ ।
हप्तामा तीन वा सोभन्दा कम दिन मात्रै मलोत्सर्ग हुनु, दिसा साह्रो हुनु, मल त्यागका लागि बल गर्नुपर्ने आवश्यकता हुनु र मल त्यागपछि पनि पेट सफा नभएको भान भइरहनु जस्ता लक्षण समूहलाई कब्जियत वा अङ्ग्रेजीमा ‘कन्स्टिपेसन’ भनेर बुझिन्छ । कहिलेकाहीँ लामो समयसम्म मलोत्सर्ग नहुँदा आन्द्रामा मलको सञ्चिति भई एकै पटक पखालाका रूपमा मलको निष्कासन हुने पनि कब्जियतकै कारण हुन सक्दछ । त्यस्तै पेट फुलेको महसुस हुने, पेट दुख्ने, मल त्याग गर्दा मलद्वारमा दुख्ने, घाउ हुने वा रगत देखिने जस्ता लक्षण पनि कब्जियतका कारण देखा पर्न सक्दछ ।
धेरै किसानका लागि गोरुले दाइँ गरी धान चुट्ने दिन अब गइसके । एक आपसमा मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज त्यस्तो दृश्य विरलै देख्न पाइन्छ । देशका अधिकांश ठाउँमा पछिल्लो समय धान चुट्न थ्रेसर मेसिन प्रयोग हुन थालेको छ । दाइँ गर्ने मात्र होइन, धान रोप्न र काट्न पनि मेसिन प्रयोग हुन थालेको छ । यसले किसानलाई धेरै सजिलो भएको छ । सिरहा नवराजपुरका जागेश्वर यादव भन्नुहुन्छ, “गाउँ छाडेर मानिस वैदेशिक रोजगारीमा वा अध्ययनका लागि सहरबजार गएपछि खेतमा काम गर्ने मजदुर पाइँदैन तर कृषिमा भित्रिएको प्रविधिले यो चिन्ता हटाइदिएको छ ।” धान रोप्नदेखि भित्र्याउनसम्म मेसिन प्रयोग हुन थालेपछि मजदुरको आवश्यकता नै पर्दैन । दाइँको तयारीका लागि पाँच/सात दिनअघिदेखि नै
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
बुटवल–नारायणगढ सडक निर्माणले गति लिन नसकेपछि जिल्ला प्रशासन कार्यालयले ठेकेदार पक्षलाई काम द्रुत गतिमा गर्न निर्देशन दिएपछि सडकको निर्माण अब रातमा पनि हुने भएको छ ।
बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पक्की पुलको फाउन्डेसनमा देखिएको समस्या अझै प्राविधिक रूपमा समाधान हुन सकेको छैन । यसका कारण लामो समयदेखि पुल निर्माण अघि बढ्न सकेको छैन ।
अस्पतालमा सुविधा नपाएपछि पाल्पामा स्वास्थ्य बिमा गर्ने बिमितको सङ्ख्या ८० प्रतिशतले घटेको छ । जिल्लाका दुई ठुला अस्पतालले बिमामार्फत हुने उपचार सेवा हटाएपछि पाल्पामा स्वास्थ्य बिमा गर्ने बिमितको सङ्ख्या ह्वात्तै घटेको हो । बिमा बोर्ड पाल्पाका अनुसार यो वर्ष बिमा गर्ने चार हजार ३९५ परिवार मात्र छन् । आर्थिक वर्षको अन्त्यसम्ममा थप केही बिमितले नवीकरण गर्ने उसको अपेक्षा छ । चार हजारभन्दा बढी स्वास्थ्य बिमा गरेकामा ज्येष्ठ नागरिक, दीर्घरोगी र सामान्य मानिस छन् । अघिल्लो आव २०७९/८० मा ३७ हजार ५४३ परिवारले स्वास्थ्य बिमा गरेका थिए । बोर्डका दर्ता अधिकारी कल्पना बस्यालले आव २०७८/७९ मा ४२ हजार ६४५ परिवारले स्वास्थ्य बिमा गरेकामा पछिल्लो वर्ष बिमा गर्ने बिमितको सङ्ख्या घट्दै गएको जानकारी दिनुभयो ।
भूकम्प प्रभावित जाजरकोटको जुनीचाँदे गाउँपालिकामा औषधी अभाव भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधी पाउन सकेका छैनन् । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन् । औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयम्ले बताएका छन् ।
एउटै जिल्लामा काम गर्ने स्वास्थ्य संस्थालाई सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजन गर्दा कतै बजेट फालाफाल हुन थालेको छ भने कतै तलब खान नपाएर स्वास्थ्यकर्मीको बेहाल भएको छ । सङ्घीय सरकार मातहत रहेको झुलाघाट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई तलब खुवाउने बजेट नहुँदा मासिक ३२ हजार तलब खाँदै आएका स्वास्थ्यकर्मीको आधा तलब घटाएर मासिक १६ हजारमा झारिएको छ । घटाएको आधा तलबसमेत चार महिनासम्म आएको छैन । झुलाघाट सीमानाकाको स्वास्थ्य चौकीमा विभिन्न सरुवा रोग कोभिड, मलेरिया, एचआइभी जस्ता रोगको परीक्षण हुँदै आएको छ । ल्याब टेक्निसियन राजेन्द्र लोहारले जोखिमपूर्ण काम गर्दै आएका स्वास्थ्यकर्मीले चार महिनासम्म तलब नपाउँदा समस्या भएको पीडा सुनाउनुभयो ।
तीन वर्षमा निर्माण पूरा हुनुपर्ने डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमाथि निर्माण भइरहेको मोटरेबल पुल निर्माणको प्रगति नौ वर्ष बितिसक्दासमेत २२ प्रतिशत मात्रै भएको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय कुलपाते डोटीका कार्यालय प्रमुख रमेश भट्टराईका अनुसार सेती नदीमा मोटरेबल पुल निर्माण गर्नका लागि सडक डिभिजन कार्यालय कुलपाते डोटी र निर्माण व्यवसायी कम्पनी पप्पु–राजेन्द्र जेभीबिच २०७१ साल असार २९ गते सम्झौता भएको हो । सम्झौता अनुसार तीन वर्षमा काम पूरा हुनुपर्ने थियो । तीन वर्ष पहिलो ठेक्का सम्झौता अवधि सकिएर पाँच पटक ठेक्काको म्याद थप भइसकेको छ । पछिल्लो सम्झौताको म्याद गत असार २८ गते सकिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाका विषयमा भएको आन्दोलन क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाले अत्यन्तै मर्माहित बनाएको भन्दै दुःख प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, पानीजहाज निर्माण क्षेत्र (सिप विल्डिङ) तर्फ आवेदन दिएकालाई मागबमोजिम उत्पादनमूलक क्षेत्रतर्फका आवेदन दिन सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ताको तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन धर्नाजस्ता क्रियाकलाप नगर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको कारोबार ठप्प अवस्थामा रहेको हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि सुनको कारोबारमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले एक महिनादेखि लगातार सुनको मूल्य बढेकाले कारोबार ठप्प अवस्थामा पुगेको जानकारी दिनुभयो ।
गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको छ । जिल्लाको कालीगण्डकी, सत्यवती, रेसुङ्गा र धुर्कोटमा गरी ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । पछिल्लो समयमा किवी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । प्रतिकेजी २५० देखि तीन सय रुपियाँसम्ममा कृषकले बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) गेट निर्माणको सम्झौता भएको सात वर्ष हुँदा पनि काम सुरु हुन सकेको छैन । यातायात व्यवस्था विभागले अमेरिकाको डेकाटुर र बङ्गलादेशको टाइगर आइटीसँग २०७३ सालमा संयुक्त सम्झौता गरेको थियो ।