बुटवल–नारायणगढ सडक निर्माणले गति लिन नसकेपछि जिल्ला प्रशासन कार्यालयले ठेकेदार पक्षलाई काम द्रुत गतिमा गर्न निर्देशन दिएपछि सडकको निर्माण अब रातमा पनि हुने भएको छ ।
बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पक्की पुलको फाउन्डेसनमा देखिएको समस्या अझै प्राविधिक रूपमा समाधान हुन सकेको छैन । यसका कारण लामो समयदेखि पुल निर्माण अघि बढ्न सकेको छैन ।
अस्पतालमा सुविधा नपाएपछि पाल्पामा स्वास्थ्य बिमा गर्ने बिमितको सङ्ख्या ८० प्रतिशतले घटेको छ । जिल्लाका दुई ठुला अस्पतालले बिमामार्फत हुने उपचार सेवा हटाएपछि पाल्पामा स्वास्थ्य बिमा गर्ने बिमितको सङ्ख्या ह्वात्तै घटेको हो । बिमा बोर्ड पाल्पाका अनुसार यो वर्ष बिमा गर्ने चार हजार ३९५ परिवार मात्र छन् । आर्थिक वर्षको अन्त्यसम्ममा थप केही बिमितले नवीकरण गर्ने उसको अपेक्षा छ । चार हजारभन्दा बढी स्वास्थ्य बिमा गरेकामा ज्येष्ठ नागरिक, दीर्घरोगी र सामान्य मानिस छन् । अघिल्लो आव २०७९/८० मा ३७ हजार ५४३ परिवारले स्वास्थ्य बिमा गरेका थिए । बोर्डका दर्ता अधिकारी कल्पना बस्यालले आव २०७८/७९ मा ४२ हजार ६४५ परिवारले स्वास्थ्य बिमा गरेकामा पछिल्लो वर्ष बिमा गर्ने बिमितको सङ्ख्या घट्दै गएको जानकारी दिनुभयो ।
भूकम्प प्रभावित जाजरकोटको जुनीचाँदे गाउँपालिकामा औषधी अभाव भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधी पाउन सकेका छैनन् । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन् । औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयम्ले बताएका छन् ।
एउटै जिल्लामा काम गर्ने स्वास्थ्य संस्थालाई सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजन गर्दा कतै बजेट फालाफाल हुन थालेको छ भने कतै तलब खान नपाएर स्वास्थ्यकर्मीको बेहाल भएको छ । सङ्घीय सरकार मातहत रहेको झुलाघाट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई तलब खुवाउने बजेट नहुँदा मासिक ३२ हजार तलब खाँदै आएका स्वास्थ्यकर्मीको आधा तलब घटाएर मासिक १६ हजारमा झारिएको छ । घटाएको आधा तलबसमेत चार महिनासम्म आएको छैन । झुलाघाट सीमानाकाको स्वास्थ्य चौकीमा विभिन्न सरुवा रोग कोभिड, मलेरिया, एचआइभी जस्ता रोगको परीक्षण हुँदै आएको छ । ल्याब टेक्निसियन राजेन्द्र लोहारले जोखिमपूर्ण काम गर्दै आएका स्वास्थ्यकर्मीले चार महिनासम्म तलब नपाउँदा समस्या भएको पीडा सुनाउनुभयो ।
तीन वर्षमा निर्माण पूरा हुनुपर्ने डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमाथि निर्माण भइरहेको मोटरेबल पुल निर्माणको प्रगति नौ वर्ष बितिसक्दासमेत २२ प्रतिशत मात्रै भएको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय कुलपाते डोटीका कार्यालय प्रमुख रमेश भट्टराईका अनुसार सेती नदीमा मोटरेबल पुल निर्माण गर्नका लागि सडक डिभिजन कार्यालय कुलपाते डोटी र निर्माण व्यवसायी कम्पनी पप्पु–राजेन्द्र जेभीबिच २०७१ साल असार २९ गते सम्झौता भएको हो । सम्झौता अनुसार तीन वर्षमा काम पूरा हुनुपर्ने थियो । तीन वर्ष पहिलो ठेक्का सम्झौता अवधि सकिएर पाँच पटक ठेक्काको म्याद थप भइसकेको छ । पछिल्लो सम्झौताको म्याद गत असार २८ गते सकिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाका विषयमा भएको आन्दोलन क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाले अत्यन्तै मर्माहित बनाएको भन्दै दुःख प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, पानीजहाज निर्माण क्षेत्र (सिप विल्डिङ) तर्फ आवेदन दिएकालाई मागबमोजिम उत्पादनमूलक क्षेत्रतर्फका आवेदन दिन सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ताको तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन धर्नाजस्ता क्रियाकलाप नगर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको कारोबार ठप्प अवस्थामा रहेको हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि सुनको कारोबारमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले एक महिनादेखि लगातार सुनको मूल्य बढेकाले कारोबार ठप्प अवस्थामा पुगेको जानकारी दिनुभयो ।
गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको छ । जिल्लाको कालीगण्डकी, सत्यवती, रेसुङ्गा र धुर्कोटमा गरी ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । पछिल्लो समयमा किवी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । प्रतिकेजी २५० देखि तीन सय रुपियाँसम्ममा कृषकले बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) गेट निर्माणको सम्झौता भएको सात वर्ष हुँदा पनि काम सुरु हुन सकेको छैन । यातायात व्यवस्था विभागले अमेरिकाको डेकाटुर र बङ्गलादेशको टाइगर आइटीसँग २०७३ सालमा संयुक्त सम्झौता गरेको थियो ।
गाउँकै दाजु नाता पर्नेको दाहसंस्कार गरेर ५२ वर्षीया टेकबहादुर शाह घर फर्किँदै हुनुहुन्थ्यो । लुङग्राको थुवा लेक नजिक पुगेपछि साथमै घर फर्किरहेका काठेरुले फेसबुक हेरेपछि वीरेन्द्रको मृत्युको समाचार थापा पाए ।
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ।
विश्वव्यापी आवधिक समिक्षा (तेस्रो चक्र) बाट बाल अधिकार सम्वन्धमा प्राप्त सिफारिस कार्यान्वयनको अवस्था र मध्यकालीन समिक्षा सिफारिसबारे अन्तरक्रिया गरिएको छ ।
जानु पाण्डे कपिलवस्तु, पुस १३ गते। लुम्बिनी प्रदेशमा उद्योग तथा यातायातमन्त्री सरोज थापाले उद्योगीका समस्या समाधान गर्ने बताउनुभएको छ। आठौँ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव २०८० को समुद्घाटन गर्दै मन्त्री थापाले आर्थिक अवस्था चलायमान नहुँदा उद्योगीलाई समस्या भएको बताउँदै उद्योग सञ्चालन हुने अवस्था ल्याउन र बैंक कर्जाका समस्या समाधान गर्नका लागि उद्योगीसँग छलफल गर्ने बताउनुभयो।सभामा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले कपिलवस्तुमा यातायात व्यवस्था कार्यालय नहुँदा जिल्लावासीलाई समस्या भएको बताउनुभयो। कपिलवस्तु जिल्लाको पश्चिमी भेगमा विकासको प्रचुर सम्भावना भए पनि सिंचाई र पूर्वाधार विकासको पहुँच न्यून रहेको केसीले बताउनुभयो। उद्घाटन सभामा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेर अली, प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, व्यापार संघका केन्द्रीय सदस्य महादेव पोख्रेलले महोत्सवले चन्द्रौटा–कृष्णनगर औद्योगिक क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो।विकासको पूर्वाधार आन्तरिक उत्पादन उद्योग र व्यापार भन्ने मूल नाराका साथ शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने मुख्य उद्देश्य आयोजक संस्था चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले बताउनुभयो। पुस २४ गतेसम्म चल्ने महोत्सवले स्थानीय कलकारखाना, घरेलु तथा साना उद्योग, व्यवसायसँगै स्थानीय पर्यटन विकासमा जोड दिने छ संघका महासचिव राजकुमार क्षेत्रीले बताउनुभयो।