पछिल्ला समय मेला र महोत्सव आयातित उत्पादन बिक्री वितरणमा प्रेरित भइरहेका सन्दर्भमा बुधबारदेखि बागलुङमा सुरु भएको बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ ।
नेपालगञ्जका तारे होटलले अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम तय गरेका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०२४ का अवसरमा यहाँस्थित होटल सिद्धार्थले सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।
आदिवासी जनजाति समुदायले जलवायु परिवर्तनको विषयमा चिन्ता व्यक्त गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को जलवायु परिवर्तन साझेदारी कार्यक्रमअन्तर्गत भएकोे राष्ट्रिय कार्यशाला गोष्ठीमा चिन्ता व्यक्त गरिएको हो ।
प्रहरीले वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले कुल १० हजार आठ सय मेगावाट क्षमताको सो आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि बढाएको हो ।
वीरगञ्ज (पर्सा), पुस १३ गते । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज बिहान नेपाल आर्मी क्लब र पर्सा–११ ले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्नेछन् । नेपालका चार र भारतका दुुई क्लब गरी छ समूहको सहभागिता रहेको प्रतियोगिताका लिग चरणका सबै खेल जितेर शिर्ष स्थानमा रहँदै आर्मी क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । लिग चरणका चार खेल जितेको पुलिस दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । लिग चरणमा पाँचमध्ये दुई खेलमात्र जितेको वान्डर्स क्लब नोइडाले नेटरन रेटमा पर्सा–११ र नेपाल एपिएफ क्लबलाई पछि पार्दै अङ्क तालिकामा चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । योसँगै नोइडाले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । अङ्क तालिकामा समान चार अङ्क भए पनि एपिएफलाई नेटरनरेटमा पछि पार्दै पर्सा–११ ले सेमिफाइनलको यात्रा तय गर्न सफल भएको छ । प्रतियोगिताको लिग चरणका सबै खेलमा हार भोगेको भारतको उत्तर प्रदेश क्लब (युपी–११) अङ्कविहीन रहँदै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । नारायणी रङ्गशाला पुनःनिर्माणमा तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी छ समूहको सहभागिता छ । उक्त प्रतियोगिताको फाइनल भोलि (शनिबार) हुने प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिनुभयो । रासस
रूसले युक्रेनको राजधानी किएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।
कालीगण्डकी नदीको तट उत्तरवाहिनीमा ‘धर्म र विज्ञानको सद्भाव’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
नेपालगञ्जमा रहेका विभिन्न धार्मिक स्थलहरुको सरसफाइ गरिएको छ । आज बिहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिकस्थल वरपर सरसफाई गरेका हुन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि नेपालगन्जमा नेपाल–भारत अन्तरदेशीय कार्यशाला सम्पन्न भएको छ ।
यसअघि हल्दिबारीमा दुई जना र दमकमा एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
प्रहरीले राक्सिराङ गाउँपालिका–२ बस्ने २६ वर्षीय लालकुमार तितुङ र १९ वर्षीय ज्ञानबहादुर स्याङ्तानलाई कटुवा पेस्तोल एकथान र बारुद भरेको दुई वटा फलामको खोकासहित पक्राउ गरेको हो ।
टर्कीमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार टर्कीको राजमार्गमा भएको चेन ट्राफिक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन् ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले त्रिभुवन विमानस्थलमा भइरहेको तस्करीको जालो तोड्न सरकार सफल हुँदै गएको बताउनु भएको छ ।