मल्लरानी गाउँपालिका–२ का प्रेम जिसीले वर्षौपछि हनुमान नाँच देख्न पाउनुभयो । बाल्यकालमा गाउँमा हुने पूजामा हनुमान हेरेका उहाँले वर्षौंपछि अहिले देख्न पाउनुभएको हो । मल्लरानी गाउँपालिका–३ स्थित पुरानो मन्दिर पालुकाथानमा प्रस्तुत गरेको हनुमान नाँच जिसीसहित सयौँ दर्शकले रुचिपूर्वक हेरेका थिए ।
मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिनुभयो ।
जाजरकोटमा भूकम्पका कारण प्रभावित दुई सय भन्दा धेरै किसानलाई राहत वितरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र स्न्याज केयरको सहयोगमा नलगाडमा ९ टन पशुको दाना, २ सय थान त्रिपाल, १ टन नुन भूकम्प प्रभावित किसानलाई दिइएको हो।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्ने कार्यलाई निरन्तरता दिएको छ । गाउँपालिकामा रहेका आठ वटै वडामा पुगेर योजना सम्झौता गर्ने कार्य अनुरूप गाउँपालिकाको १ नम्बर वडाको दोवामा पुगेर सम्झौता गरेको छ । वडा नम्बर ८ राम्चे, ७ हिस्तानपछि वडा नम्बर १ दोवामा योजना सम्झौता भएका हुन् । त्यसपछि क्रमशः वडा नम्बर २, ३, ४ र ५ मा पनि योजना सम्झौता शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ मा रहेको काँगेलडाँडा विमानस्थल जहाजको पर्खाइमै सीमित रहेको छ । काँगेलडाँडा विमानस्थल प्रयोगमा नआउँदा करिब एक दशकदेखि विमानस्थल गौचरन र वनभोज थलोेका रूपमा प्रयोग हुँदै आएको छ ।
नेवार समुदायमा लोकप्रिय हनुमाननाचको संरक्षणमा पछिल्लो समय बागलुङका युवाले सक्रियता देखाएका छन् । हनुमाननाच नेवार समुदायको पुरानो मौलिक कला संस्कृति हो । युवा कला संस्कृतिको संरक्षणमा जुटेपछि आजकल मेला, पर्व र महोत्सवमा हनुमाननाच प्रदर्शन गर्न थालिएको छ ।
परवानीपुर गाउँपालिका नेपालको सबैभन्दा सानो गाउँपालिका हो । यस पालिकाको पूर्व र दक्षिणमा प्रसौनी गाउँपालिका उत्तरमा जितपुर सिमरा उपमहानगरपालिका र पश्चिममा पर्सा जिल्ला पर्छ । यसको क्षेत्रफल १५.४८ वर्गकिलोमिटर रहेको छ भने यहाँ
मुस्ताङको तल्लो भेगका घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमै तापक्रम माइनसमा पुगेको छ । अत्यधिक चिसो बढ्दा जनजीवन कष्टकर बन्दै गएको स्थानीयको भनाइ छ । मुस्ताङमा तापक्रम मापन केन्द्रसमेत रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयका अनुसार पुस १२ गते पछिल्लो २४ घण्टाको तापमान हेर्दा मार्फा क्षेत्रमै माइनस ४.५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न बुधवारबाट हेटौँडामा सुरु भएको तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी साझा धारणा बनाएर आज शुक्रवार सम्पन्न हुँदै छ।
रास्कोट नगरपालिका–३, कोलिकागाउँस्थित मालिका आधारभूत विद्यालयमा कक्षाकोठा अभाव भएपछि विद्यार्थीले छतमा परीक्षा दिइरहेका छन् । विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमनाथ योगीका अनुसार भवन अभावमा विद्यार्थीलाई अध्ययनमा समस्या भएको बताउनुभयो । उहाँले पालिकासँग भवन माग गरिए पनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।
भूकम्प प्रभावितलाई अस्थायी आवासको अनुदान उपलब्ध गराउने सरकारी निर्णयपछि बैङ्क र पालिकामा लाभग्राहीको भिड लाग्ने गरेको छ । सरकारले पहिलो किस्ताबापतको २५ हजार रुपियाँ स्थानीय तहको विपत् व्यवस्थापन समितिको खातामा पठाएपछि लाभग्राहीको भिड लाग्न थालेको हो ।
समाजमा बालविवाह रोक्नका लागि सामूहिक प्रयास आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । समाजमा हुने बालविवाहलाई रोक्नका लागि एक्लैले केही गर्न नसक्ने भएकाले सबैको प्रयास आवश्यक रहेको सहभागीहरूले बताएका छन् ।
रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले पालिकाका विभिन्न शाखामा विभेदपूर्ण तरिकाले सरुवा गर्दै आउनुभएको आरोप लागेको छ । प्रमुख शाहीले नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमलाई प्रभावमा पारी आफ्नो विपक्षका कर्मचारीलाई धमाधम सरुवा गर्दै आएको आरोप लागेको हो ।
बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले स्थानीयलाई एक रुख रोपेर हुर्काएबापत पाँच किलो चामल प्रदान गरेको छ । हिमाली गाउँपालिकालाई हरियाली बनाउने उद्देश्यका साथ यस्तो अभियान सञ्चालन गरिएको हो । ‘हरियो हिमाली अभियान’ अन्तर्गत स्थानीयलाई पालिकाले एक रुख रोपेर हुर्काएबापत पाँच केजी चामल दिने गरेको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख टोपबहादुर शाहीले बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ बाट सञ्चालित सो अभियान अन्तर्गत पालिकाका सबै वडामा फलफूल (कागती, स्याउ, ओखर, आँप, अनार), डाले घाँसका बिरुवा (बाँच, कुमु, डालेपिपल) गरी आठ प्रजातिका बिरुवा रोपिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि दुई सय क्षमताको आसरा सुधारगृह (केन्द्र) सञ्चालनमा ल्याइएको छ । प्रदेश प्रहरी कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाको समन्वयमा उपमहानगरपालिका–१४, फूलबारीस्थित डी गाउँमा प्रदेशस्तरीय सुधार केन्द्र सञ्चालनमा आएको हो । यसको मुख्य कार्यालय भने केन्द्रीय राजधानी काठमाडौँको महाराजगन्जमा छ । सो केन्द्रको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उद्घाटन गर्नुभएको हो ।