विश्वमा विद्युतीय प्रविधिको उन्नत प्रयोगले कागजी लेखापढीलाई विस्थापित गर्दै लगेको छ । हरेक क्षेत्रमा कम्प्युटर प्रविधिको प्रयोग हुन थालिसकेको छ । सञ्चार प्रविधिका क्षेत्रमा त नेपाल पनि त्यति पछि परेको छैन तर विद्युतीय माध्यमबाट लिइने सेवासुविधामा भने बिस्तारै अगाडि बढ्दै छौँ । विद्युतीय उपकरण, प्रविधि र सञ्जालको उपयोगमार्फत सरकारी कामकारबाही सञ्चालन गर्दै आमजनतालाई प्रदान गरिने सार्वजनिक सेवालाई प्रविधिमैत्री, जनमैत्री, छिटोछरितो र सुल
रोबोटबाटै फुटबल ! सुन्दै अचम्म लाग्ने प्रतिस्पर्धा चितवनको भरतपुरमा रहेको एउटा कलेजले आयोजना गरेको छ । त्यसमा पनि चितवन, काठमाडौँ र पोखराका सूचना प्रविधि र इन्जिनियरिङ कलेजहरू प्रतियोगिताका रुपमा भाग लिएका छन् ।
भनिन्छ, नेपालको अर्थतन्त्र विप्रेषणले धानिएको छ । हुन पनि हो, आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण १४ खर्ब पुग्ने अनुमान गरिएको छ । यो भनेको नेपालको राष्ट्रिय बजेटकै हाराहारीको हो । चालु वर्षको बजेट १७ खर्ब ५१ अर्बको छ । बजेट यति ठुलो आकारको भए पनि खर्च भने त्यति हुनै सक्दैन र खर्च हुने भनेको १४ खर्ब जति मात्रै हो । किनभने गत विगत वर्षदेखि नै पुँजीगत बजेट खर्च हुन नसकेको लामो इतिहास बनिसकेको छ ।
सङ्घीय संसद्को निर्वाचन भएपश्चात् एक वर्षमा दुई अधिवेशन सकिएर तेस्रो अधिवेशनको तयारीमा छ सरकार । जनताबाट निर्वाचित भएर संसद्मा आएका विधायकले अहिलेसम्म एउटाबाहेक नयाँ कानुन पारित गर्न सकेका छैनन् । सरकार र संसद्को पर्याप्त ध्यान केन्द्रित हुन नसक्दा संसद्का विषयगत समितिमा धेरै विधेयक थुप्रिएका छन् । प्रभावकारी रूपमा संसदीय समितिमा पनि सार्वजनिक महत्वका विषयमा गहन छलफल हुन सकेको छैन । कानुन निर्माणले गति लिन नसक्दा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको गठबन्धन सरकारको एक वर्ष पूरा भएको छ । गठबन्धन सरकार आफैँमा एउटा चुनौती हो । सरकार गठनको बेला घटेका समीकरणका अप्रत्यासित परिघटनाहरूबिच यो सरकार बनेको थियो । त्यो बेलाको परिस्थितिमा यदि प्रचण्डको प्रस्तावबमोजिम सबैले देश र जनताको साझा हितलाई आत्मसात् गरेको भए यो गठबन्धन सरकार नभएर राष्ट्रिय सहमतिको सरकार बन्ने थियो । यो सम्भव हुन सकेन तर देश र जनताको साझा हितमा सबैसँग संवाद र समन्वय गरी सहकार्य र सहमतिको उन्नत संस्कृतिलाई अगाडि बढाउनु प्रधानमन्त्री प्रचण्डको एउटा प्रशंसनीय कार्य हो ।
झापामा मानव जङ्गली हात्तीको द्वन्द्व बढेर गएको छ । जङ्गली हात्तीको आक्रमणमा परी घरमै सुतिरहेका झापा शिवसताक्षी नगरपालिका ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको ज्यान गएको छ ।
नाटक ‘गुलाफः यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु भएको छ । मण्डला नाटकघर थापागाउँमा नाटकको वल्र्ड प्रिमियर गरिएको हो । यसपछि यसको युरोपका विभिन्न सहरमा मञ्चन हुने छ । विगत २० वर्षभन्दा बढी समयदेखि रङ्गकर्मीमा सक्रिय रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा नाटक थिएटरको ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ । जसमा संवाद छैन तर दृश्यले कथा बोल्ने छ । यसको अङ्ग्रेजी नाम ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ राखिएको छ । नाटकको विधा मात्रै विशेष नभई मञ्च र दर्शक संयोजन पनि विशेष रहेको छ । ‘गुलाफ’ को मञ्च नाटकघरको बिचमा तयार पारिएको छ । मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्ने छन् । ‘गुलाफ’ हेर्न एक सोमा ६४ जनाले मात्र प्रवेश पाउने छन् ।
सर्जक अर्चितबाबु मर्सिफुलको दोस्रो कृति उपन्यास ‘मेघमानव’ सार्वजनिक भएको छ । नेपाली लेखक सङ्घद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार डा. धु्रवचन्द्र गौतम, सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठलगायतका स्रष्टाले सो उपन्यासको लोकार्पण गर्नुभएको हो । साहित्यकार धु्रवचन्द्र गौतमले उपन्यास ‘मेघमानव’ मा समेटिएका विषयवस्तुको अध्ययनमा सर्जक अर्चितबाबु मर्सिफुलको कल्पनाशील क्षमताको राम्रो परिचय दिएको बताउँदै आगामी दिनमा पनि यस्तो कल्पना गर्ने सिपलाई निरन्तर अगाडि बढाउन सुझाव दिनुभयो । उहाँले साहित्य सिर्जनाका विविध विधामा पोख्त हुन आवश्यक क्षमतामध्ये उपन्यास विधाका लागि सर्जकको कल्पना गर्न सक्ने खुबीले कृतिको स्तर, भाव, सन्देशलाई निक्कै माथि पु¥याउने बताउनुभयो ।
सरकारी स्वामित्वको बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैङ्कका रूपमा सम्मानित भएको छ । नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गर्नुभयो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैङ्क परम्परागत प्रणालीबाट डिजिटलाइजेसनतर्फ गएको बताउनुभयो ।
जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट प्रभावित क्षेत्रमा २८ हजार अस्थायी आवास (टहरा) निर्माण भएका छन् । भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरा गरी पाँच जिल्लामा ८० हजार घर भत्किँदा १५३ जनाको मृत्यु भएको थियो ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा रहेको मण्डल (यन्त्र) उत्खनन गरेपछि जनप्रतिनिधि र संस्कृतिविद्ले विरोध गरेका छन् । लिच्छविकालदेखि चलिआएको वत्सलेश्वरीको जात्रामा पूजा गरिने मण्डल मङ्गलबार उत्खनन गरेपछि धार्मिक अभियन्ता र संस्कृति क्षेत्रका अगुवाले बिहीबार मन्दिर परिसरमै गएर विरोध जनाएका हुन् ।
गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको जाँचबुझ आयोगले हवाई दुर्घटनाको जाँचबुझ गर्ने स्थायी निकाय गठन गर्न सरकारलाई सुझाव दिएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले अन्तर्राष्ट्रिय हवाई उड्डयनलाई गाइड गर्ने सिकागो महासन्धिको अनुसूची १३ बमोजिम दुर्घटनाको अनुसन्धान गर्न स्थायी निकाय गठन गर्नुपर्ने सुझाव दिएको हो । जाँचबुझ आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई जहाज दुर्घटनाको पूर्वप्रतिवेदन हस्तान्तरण गर्दै मानवीय र प्राविधिक स्रोतसाधनसहितको अनुसन्धान निकाय गठन गर्न सुझाएको हो ।
दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि दिइएको सिप परीक्षणको परीक्षामा तीन हजार ९८९ जना (९८.३ प्रतिशत) उत्तीर्ण भएका छन् । सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएकामा सो सङ्ख्या उत्तीर्ण भएका हुुन् । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमुख गुरुदत्त सुवेदीका अनुसार यसभन्दा अघि एक हजार जना सिप बिल्डिङमा गइसकेका छन् । सिप बिल्डिङको रोस्टरमा अब ५० जना मात्रै बाँकी छन् ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ मूल नाराका साथ बिहीबारदेखि २५ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । फेवाताल किनार लेकसाइडमा पाँच दिनसम्म विविध कार्यक्रम गरी रजत महोत्सवका रूपमा मनाइने आयोजक संस्था रेवान पोखराले जनाएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गर्दै सडक महोत्सवले पोखराको पहिचानमा इँटा थपेको बताउनुभयो । उहाँले हाल स्थगित प्याराग्लाइडिङ तत्काल खुलाउन सम्बन्धित निकायलाई आग्रह पनि गर्नुभयो । पोखरालाई आगामी जनवरीभित्र पर्यटकीय राजधानीका रूपमा घोषणा गर्ने उहाँको उद्घोष थियो ।
बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी र विदेशी पर्यटकलाई बढीभन्दा बढी आकर्षित गर्न विभिन्न कार्यक्रम र योजना अघि सारेको छ । सो क्रममा पर्यटक आकर्षित गराउने उद्देश्यले जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, प्रदेश सांसद, राजनीतिकर्मी, चिकित्सकलगायतको सहभागितामा जङ्गल सफारी गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताउनुभयो ।