पाकिस्तानले चार सय किलोमिटर टाढासम्म निशाना साँध्न सक्ने फतह–२ मिसाइलको सफल उडान परीक्षण गरेको इन्टर सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको हो ।
इटालीले २०२३ मा ३७८ वटा गम्भीर प्रकृतिका मौसमी घटनाहरू बेहोरेको अध्ययनले देखाएको छ । वातावरणीय लबी समूह लेगाम्बाएन्टद्वारा सञ्चालित जलवायु पर्यवेक्षककाअनुसार इटालीले २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसम घटनाहरू व्यहोर्नुपरेको हो ।
पालुङ प्राधिकरणले बढी वक्यौता भएका सिमभन्ज्याङ्ग, कुलेखानी देउराली र सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाइन काटेको हो ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आजको बैठकमा सरकारका मन्त्रीहरूले मन्त्रालयको प्रगति विवरण पेस गर्दै छन् ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसिएलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीलाई पार्टीको झन्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको छ ।
नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पाँच लाख भन्दा बढी जरिवाना तिराएको छ ।
भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो ।
त्यो बेलासम्म हामी नेपाल जाने कुरामा ढुक्क थियौँ । मनमा कुरा खेलिरहेका थिए, “बोर्डिङ पास लिएपछि भित्र गइन्छ, जहाजमा बसिन्छ, केही समयपछि जहाज उड्छ अनि परिचारिकाहरूले दिएको खानेकुरा खान पाइन्छ’ तर हाम्रा पासपोर्ट र टिकट हेर्दै गरेका काउन्टरका कर्मचारीको अनुहार देखेपछि भने मेरा सोचाइका तरङ्गहरू परिवर्तन भए । मैले देखेँ– छोरा सुमनको उदाउँदो सूर्यको जस्तो तेजिलो अनुहार पनि बिस्तारै ग्रहण लागेको चन्द्रमा जस्तै धमिलो हुँदै गइरहेको थियो ।
बाजुराको बुढी नन्दा नगरपालिका –८ पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बनाउने काम सुरु गरेका छन् । असोजदेखि मङ्सिरसम्म बुढीनन्दा नगरपालिकाको मेलापात वन जङ्गलमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट यहाँका स्थानीय महिलाले खुदो बनाउने गरेका हुन् ।
क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा लगातार तीन दिन यता भइरहेको सुनुवाइ आज फैसला हुने बताइएको छ । प्रतिवादीतर्फबाट बहस सकिए आजै मुद्दाको फैसला हुनेछ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बागमती प्रदेश सभा गठन भएको एक वर्ष पुग्नै लाग्दासमेत प्रदेश सभा अन्तर्गतका समिति अझै नेतृत्वविहीन छन् । सरकारको नीति तथा कार्यव्रmम बजेटलगायतका कामको अध्ययन, अनुगमन, निगरानी गर्ने, आवश्यक सुझाव दिने अधिकार र दायित्वसँगै सरकारलाई पारदर्शी बनाउने जिम्मेवारी प्रदेश सभा अन्तर्गतका समितिमा रहेको छ तर प्रदेश सरकारलाई प्रदेश सभाप्रति उत्तरदायी र जवाफदेही बनाउनुपर्ने प्रदेश सभाका विषयगत समिति आफैँ गुमनाम बनेका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो ।
काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय घरजग्गा कारोबारमा केही सुधार देखिएको छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकको पछिल्लो पाँच महिनाको तथ्याङ्क हेर्दा गत वर्षको पहिलो पाँच महिनाको तुलनामा यस वर्ष घरजग्गा कारोबार बढेको देखाएको हो ।