नेपाल–भारत सीमानाकाबाट विभिन्न किसिमका सङ्क्रामक रोग भित्रिन नदिन रोग नियन्त्रण महाशाखाको टोली झुलाघाट पुगेर हेल्थ डेस्कको निरीक्षण गरेको छ । महाशाखाका डा. हेमन्त ओझासहितको टोलीले झुलाघाटमा रहेको हेल्थ डेस्कको सेवा प्रभावकारी बनाउन सरोकारवाला निकायसँग अभिमुखीकरणसमेत गरेको छ ।
द्वन्द्वपीडित महिलाले राज्यका हरेक तहमा आरक्षणको व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् । दाङको घोराहीमा बिहीबार भएको लुम्बिनी प्रदेशस्तरीय शान्ति संवाद कार्यक्रममा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका महिलाले शिक्षा, स्वास्थ्य निःशुल्क गर्न माग गरेका हुन् ।
पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
म्याग्दीमा आठ महिनाका अवधिमा छवटा नयाँ सडक पुल निर्माण सकिएको छ । थप एकवटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ ।
एउटै निर्माण व्यवसायीले पाल्पाको छ वटा ठुला योजना अलपत्र पारेर छाडेका छन् । निर्माण व्यवसायीले ठेक्का लिने तर काम पूरा नगर्ने प्रवृत्तिले योजना वर्षौंदेखि अलपत्र बनेका हुन् । जय रक्तकाली कन्स्ट्रक्सन प्रालि नुवाकोटले सडक डिभिजन कार्यालय, सडक पूर्वाधार विकास कार्यालय र तानसेन नगरपालिकाका योजना अलपत्र पारेर छाडेको हो । प्रालिले एक दशकदेखि जिल्लाका योजनाहरू पूरा नगरी अलपत्र पारेको ती कार्यालयले जनाएका छन् ।
मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मल्लरानी गाउँपालिका–२ का प्रेम जिसीले वर्षौपछि हनुमान नाँच देख्न पाउनुभयो । बाल्यकालमा गाउँमा हुने पूजामा हनुमान हेरेका उहाँले वर्षौंपछि अहिले देख्न पाउनुभएको हो । मल्लरानी गाउँपालिका–३ स्थित पुरानो मन्दिर पालुकाथानमा प्रस्तुत गरेको हनुमान नाँच जिसीसहित सयौँ दर्शकले रुचिपूर्वक हेरेका थिए ।
मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिनुभयो ।
जाजरकोटमा भूकम्पका कारण प्रभावित दुई सय भन्दा धेरै किसानलाई राहत वितरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र स्न्याज केयरको सहयोगमा नलगाडमा ९ टन पशुको दाना, २ सय थान त्रिपाल, १ टन नुन भूकम्प प्रभावित किसानलाई दिइएको हो।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्ने कार्यलाई निरन्तरता दिएको छ । गाउँपालिकामा रहेका आठ वटै वडामा पुगेर योजना सम्झौता गर्ने कार्य अनुरूप गाउँपालिकाको १ नम्बर वडाको दोवामा पुगेर सम्झौता गरेको छ । वडा नम्बर ८ राम्चे, ७ हिस्तानपछि वडा नम्बर १ दोवामा योजना सम्झौता भएका हुन् । त्यसपछि क्रमशः वडा नम्बर २, ३, ४ र ५ मा पनि योजना सम्झौता शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ मा रहेको काँगेलडाँडा विमानस्थल जहाजको पर्खाइमै सीमित रहेको छ । काँगेलडाँडा विमानस्थल प्रयोगमा नआउँदा करिब एक दशकदेखि विमानस्थल गौचरन र वनभोज थलोेका रूपमा प्रयोग हुँदै आएको छ ।
नेवार समुदायमा लोकप्रिय हनुमाननाचको संरक्षणमा पछिल्लो समय बागलुङका युवाले सक्रियता देखाएका छन् । हनुमाननाच नेवार समुदायको पुरानो मौलिक कला संस्कृति हो । युवा कला संस्कृतिको संरक्षणमा जुटेपछि आजकल मेला, पर्व र महोत्सवमा हनुमाननाच प्रदर्शन गर्न थालिएको छ ।
परवानीपुर गाउँपालिका नेपालको सबैभन्दा सानो गाउँपालिका हो । यस पालिकाको पूर्व र दक्षिणमा प्रसौनी गाउँपालिका उत्तरमा जितपुर सिमरा उपमहानगरपालिका र पश्चिममा पर्सा जिल्ला पर्छ । यसको क्षेत्रफल १५.४८ वर्गकिलोमिटर रहेको छ भने यहाँ
मुस्ताङको तल्लो भेगका घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमै तापक्रम माइनसमा पुगेको छ । अत्यधिक चिसो बढ्दा जनजीवन कष्टकर बन्दै गएको स्थानीयको भनाइ छ । मुस्ताङमा तापक्रम मापन केन्द्रसमेत रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयका अनुसार पुस १२ गते पछिल्लो २४ घण्टाको तापमान हेर्दा मार्फा क्षेत्रमै माइनस ४.५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न बुधवारबाट हेटौँडामा सुरु भएको तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी साझा धारणा बनाएर आज शुक्रवार सम्पन्न हुँदै छ।