समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुनर्संरचनासहित सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले ओएनएम स्वीकृत गर्दै ६८ दरबन्दी घटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । हाल प्रधानमन्त्री कार्यालयमा २३४ जना कर्मचारी कार्यरत छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार ऐन संशोधनको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले २०५३ मा ऐन लागु हुँदा र अहिलेको अवस्थामा फरक आइसकेकाले कानुन परिमार्जनलाई प्राथमिकतामा राखिएको बताउनुभएको हो । पछिल्लो समय प्रतिनिधि सभाका तीन विषयगत समितिले उक्त ऐन समयानुकूल हुने गरी संशोधन प्रव्रिmया अघि बढाउनसमेत निर्देशन दिएका थिए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकूलपति तथा वरिष्ठ मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक गरिएको छ ।
ढाका, १२ पुस (रासस/एएफपी)। बङ्गलादेशको अदालतले आगामी महिना हुने निर्वाचनअघि प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षीहरूलाई दोषी ठहर गर्ने पछिल्लो कदममा बिहीबार पूर्व वायुसेना प्रमुख र एक पूर्वमन्त्रीलाई कारागारको सजाय सुनाएको छ।सन् १९९५ सम्म वायुसेनाको नेतृत्व गर्ने अल्ताफ हुसेन प्रधानमन्त्री हसिनाको सत्तारूढ अवामी लिगको प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) मा सामेल हुनुभएको छ। सन् २०११ मा हिंसात्मक विरोध प्रदर्शनलाई उक्साएको आरोपमा ढाकाको अदालतले कारागार पठाएका आठ जनामा हुसेन र बिएनपीका पूर्वजलमन्त्री हफिजुद्दिन अहमद हुनुहुन्थ्यो। उक्त प्रदर्शनमा बिएनपीका समर्थकहरूले कारहरूमा आगजनी गरेका थिए। मुख्य अभियोजक अब्दुल्ला अबुले भन्नुभयो, “उहाँहरूलाई २१–२१ महिनाको कारागारको सजाय सुनाइएको छ।” विपक्षीले अदालतमाथि आगामी जनवरी ७ को निर्वाचनअघि प्रधानमन्त्री हसिनाका विरोधीहरूलाई कारागारमा हाल्न सरकारी निर्देशनहरूको पालना गरेको आरोप लगाएको छ र मुद्दालाई ‘आधारहीन, झुटो र मनगढन्ते’ भन्दै अस्वीकार गरेको छ। निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने भन्दै बिएनपी र मुलुकको सबैभन्दा ठूलो इस्लामी पार्टी जमात–ए–इस्लामीले दर्जनौँ साना दलहरूसँग मिलेर निर्वाचनलाई बहिष्कार गर्दैछन्। दुवै दलले प्रधानमन्त्री हसिनाको राजीनामा र निर्वाचनको निरीक्षण गर्न तटस्थ कार्यवाहक सरकार गठनको माग गर्दै यस वर्ष ठूलो विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। बिएनपीका अनुसार सेप्टेम्बरदेखि बङ्गलादेशमा उसका सम्पूर्ण वरिष्ठ नेतृत्वसहित विपक्षी दलहरूका २५ हजारभन्दा बढी सदस्यलाई गिरफ्तार गरिएको छ। यद्यपि हसिना सरकारले उक्त आँकडालाई अस्वीकार गर्दै ११ हजारलाई मात्र हिरासतमा लिइएको बताएको छ। “अहिलेसम्म तल्लो अदालतहरूले पछिल्ला तीन महिनामा कम्तीमा एक हजार पाँच सय ६१ बिएनपी कार्यकर्ता र नेतालाई दोषी ठहर गर्दै सजाय सुनाएका छन्”, बिएनपीका कानूनी मामिलाप्रमुख केसर कमालले भन्नुभयो, “यीमध्ये केही अदालतले सरकारको आदेशमा विपक्षी नेता तथा कार्यकर्तालाई लक्षित गरी राजनीतिकरूपमा प्रेरित फैसला सुनाएका छन्।”मुख्य अभियोजक अबुले कमालको आरोपलाई अस्वीकार गर्दै मुद्दा चलाइएका र सजाय सुनाइएका व्यक्तिहरूविरुद्ध स्पष्ट प्रमाण रहेको बताउनुभयो। “उनीहरूले अपराध गरेका थिए, त्यसैले उनीहरूलाई सजाय सुनाइएको हो”, उहाँले भन्नुभयो। सन् २००९ मा प्रधानमन्त्री पदमा फर्किएपछि तीव्ररूपमा विकास भएको तयारी पोशाक निर्यात उद्योगको बलमा हसिनाले अभूतपूर्व आर्थिक वृद्धिको नेतृत्व गर्नुभएको छ। यद्यपि विरोधीहरूले हसिनाले कठोर शासन गरेको र उहाँको सुरक्षा बलले व्यापकमात्रामा मानवअधिकारको उल्लङ्घन गरेको आरोप लगाएका छन्।
देशमा सङ्घीयता र लोकतन्त्रलाई स्थापित गर्नको निम्ति संविधान प्रदत्त अधिकार प्रदेशलाई दिनुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताउनुभएको छ।
दाङको तुलसीपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका –१५ पहरुवा निवासी १८ वर्षीय धारा रैदाश बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा झण्डै साढे आठ करोड रुपियाँ भेटी रकम सङ्कलन भएको छ। हालसम्म भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी सङ्कलन भएको हो।
कोसीटप्पु वन्यजन्तु आरक्षको चरन क्षेत्रमा चर्दै गरेका आरक्षका घरपालुवा हात्ती । आरक्षमा हाल तीन वटा छावासहित १० वटा घरपालुवा हात्ती छन् ।
गीतकार कुमार शिवाकोटीको सिउॅंडीको काँडैमा बोलको गीतको भिडियो रिलिज भएको छ। गायक रमेश कँडेलको स्वर रहेको सिउॅंडीको काँडैमा कल्याण सिंहको सङ्गीत रहेको छ भने मोहित मुनालको एरेन्ज रहेको छ।
सामुदायिक रेडियो तथा वातावरण पत्रकारितामार्फत वातावरण संरक्षणको अभियानमा क्रियाशील पत्रकार अष्टमान किसी महर्जनको निधन भएको छ ।
थारु आयोगका सदस्य भोलाराम चौधरीले बिहीबार आयोगको पाँचौ वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाउनुभएको छ ।
साबिक विजेता दिनेश प्रजापति र जयराम श्रेष्ठबिच सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फको उपाधिका लागि भिडन्त हुनेभएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ बिहीबार पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । काठमाडौँ जिल्ला अदालतमा भएको सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।