देशमा सङ्घीयता र लोकतन्त्रलाई स्थापित गर्नको निम्ति संविधान प्रदत्त अधिकार प्रदेशलाई दिनुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताउनुभएको छ।
दाङको तुलसीपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका –१५ पहरुवा निवासी १८ वर्षीय धारा रैदाश बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा झण्डै साढे आठ करोड रुपियाँ भेटी रकम सङ्कलन भएको छ। हालसम्म भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी सङ्कलन भएको हो।
कोसीटप्पु वन्यजन्तु आरक्षको चरन क्षेत्रमा चर्दै गरेका आरक्षका घरपालुवा हात्ती । आरक्षमा हाल तीन वटा छावासहित १० वटा घरपालुवा हात्ती छन् ।
गीतकार कुमार शिवाकोटीको सिउॅंडीको काँडैमा बोलको गीतको भिडियो रिलिज भएको छ। गायक रमेश कँडेलको स्वर रहेको सिउॅंडीको काँडैमा कल्याण सिंहको सङ्गीत रहेको छ भने मोहित मुनालको एरेन्ज रहेको छ।
सामुदायिक रेडियो तथा वातावरण पत्रकारितामार्फत वातावरण संरक्षणको अभियानमा क्रियाशील पत्रकार अष्टमान किसी महर्जनको निधन भएको छ ।
थारु आयोगका सदस्य भोलाराम चौधरीले बिहीबार आयोगको पाँचौ वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाउनुभएको छ ।
साबिक विजेता दिनेश प्रजापति र जयराम श्रेष्ठबिच सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फको उपाधिका लागि भिडन्त हुनेभएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ बिहीबार पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । काठमाडौँ जिल्ला अदालतमा भएको सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।
सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे पार्टी बाधक नबन्ने बताउनुभएको छ ।
प्रहरीले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाउने भनी ६ लाख ७७ हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका हरि कुमार दाहाललाई पक्राउ गरेको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका महिला उद्यमीहरूको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले नेपालगन्जमा प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ।
झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि यहाँका किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।
अङ्ग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सव पोखराको पहिचान बन्दै गएको छ। २५ वर्षअघि सुरु भएको महोत्सव देशमा चलेको सशस्त्र विद्रोह होस् कि कोभिडको कहर, निरन्तर रह्यो।