इरानको राजधानी तेहरानले इजरायली आक्रमणमा मारिएको तीन दिनपछि रिभोलुसनरी गार्डका वरिष्ठ कमाण्डर राजी मौसावीको अन्त्येष्टिका लागि बिहीबार हजारौँको भीड लागेको छ ।
बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आउनुभएको छ । उहाँ भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आउनुभएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गर्नुभएको छ ।
‘एक घर एक रक्तदाता’ भन्ने नाराका साथ रगत सङ्कलन गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँके अन्तर्गत रहेको रक्तसञ्चार सेवा व्यवस्थापन समितिले बाँकेमा रक्तदानसम्बन्धी उत्प्रेरणा अभियान सुरु गर्ने भएको छ।
कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा कोशीले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हरायो ।
नयाँदिल्लीस्थित इजरायली दूतावास बाहिरी क्षेत्रमा विस्फोट भएको सूचनापछि अर्धसैनिक बल दूतावास बाहिरको क्षेत्रमा तैनाथ गरिएको छ ।
गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।
‘एकको उपहार, अर्काको सरोकार’ भन्ने नाराका साथ पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी त्यसलाई सुपथ मूल्यमा बेच्ने र आम्दानीलाई सामाजिक उपयोगमा लगाउँदै आएको सुखावती फाउन्डेसनले पोखरामा सहयोगको हात फैलाउन सुरु गरेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ गाउँमा फुलेको सयपत्री फूल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल ।
कालीकोटको रास्कोट नगरपालिका–३ कोलीकागाउँमा रहेको मालिका आधारभूत विद्यालयमा कक्षा कोठा अभाव हुँदा विद्यार्थीलाई पठनपाठनमा सास्ती भएको छ ।
व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई छ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट दुईजना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागेको हो ।
गाजापट्टीमा इजरायलको आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २१ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दोलखा महोत्सवको तयारी पूरा भएको छ । दोलखा उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रङ्गशालामा १० दिने वृहत् दोलखा महोत्सवको तयारी गरिएको आयोजकले जनाएको छ।
बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका –२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको हो ।
उत्तरी वेस्ट बैङ्कको तुलकर्म सहरमा रहेको नूर शम्स शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमणमा परी ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।