उत्तरी वेस्ट बैङ्कको तुलकर्म सहरमा रहेको नूर शम्स शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमणमा परी ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
नेपाल सरकारका सङ्घीय मामिला न्याय तथा कानुन मन्त्री धनराज गुरुङले स्थानीय सरकार नागरिकको समस्यासँग प्रत्यक्ष जोडिनुपर्ने बताउनुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता यूताकाले शिष्टाचार भेट गर्नुभएको छ ।
केही समय पहिलेसम्म सिए पढ्न विदेश वा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता थियो । अहिले पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमै यसको पढाइ सुरु भएपछि सिए पढ्न भारत वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।
म्याग्दीको मालिका गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र दरबाङमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बजा र समाजसेवी बलमान रोकाले उद्घाटन गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ । बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो ।
कैलालीमा आज बाक्लो हुस्सु लागेको छ । पुस दोस्रो साताबाट कुहिरो लाग्न सुरु भएको हो ।
पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले फोहोर विसर्जन गर्ने स्थल ल्याण्डफिल्ड साइट क्वान्द्रे खोल्सीलाई व्यवस्थित गर्न सुरु गरेको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा दैनिक उत्पादन हुने फोहोर जथाभाबी विसर्जन गर्दा कमलामाई नगरपालिका–५ स्थित क्वान्द्रे खोल्सी कुरूप बन्दै गएपछि त्यसलाई व्यवस्थित गर्न लागिएको नगरपालिकाले जनाएको हो ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताउनुभएको छ ।
माघी नजिकिएसँगै दाङका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठुलो पर्व माघी आउनुभन्दा एक महिनाअघिदेखि तयारी भइरहेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका –१ र वडा ९ जोड्न सुरही खोलामा ३ सय ६० मिटर लामो पुल निर्माण सम्पन्न भएको छ ।
कालीकोटमा रहेको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । दुई वर्षअघि कर्णाली प्रदेश सरकारले स्थापना गरेको अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको हो ।
भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका-२ कुदाकाउले र साल्पासिलिछो गाउँपालिका-३ चौकिडाडाँ जोड्ने इर्खुवास्थित तामुटार खोलामा बन्दै गरेको मोटरेबल पुल बिहीबार बिहान भत्किएको हो ।
मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको त्यहाँका प्रमुख चिकित्सा अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग बताएका छन् ।