• ८ असार २०८१, शनिबार

इजरायली ड्रोन आक्रमणबाट ६ प्यालेस्टाइनीको मृत्यु

blog

काठमाडौं, पुस १२ गते । उत्तरी वेस्ट बैङ्कको तुलकर्म सहरमा रहेको नूर शम्स शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमणमा परी ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार अन्य गम्भीर घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूसँगको युद्धका बिचमा सैन्य बुलडोजरको साथ शिविरमा आक्रमण गरेको बताएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल