• ८ असार २०८१, शनिबार

कैलालीमा बाक्लो हुस्सु

blog

कैलालीमा लागेको हुस्सु । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस १२ गते । कैलालीमा आज बाक्लो हुस्सु लागेको छ । पुस दोस्रो साताबाट कुहिरो लाग्न सुरु भएको हो ।  

यसअघिसम्म यहाँको मौसम सफा रहेको थियो । बिहानैबाट घाम लाग्दा जाडो यामजस्तो महसुस हुन सकेको थिएन । आज बाक्लो कुहिरो लागेपछि चिसो बढेको महसुस भएको छ । 

मौसमसम्बन्धी जानकार धरमराज उप्रेतीले पश्चिम तराईमा हुस्सु लागेको बताउनुभयो । उहाँका अनुसार भारतको हरियाणादेखि उत्तरप्रदेशसहित नेपालको पश्चिम तराईमा बाक्लो हुस्सु लागेको छ । दिउँसोतिर खुल्दै जाने भए पनि आगामी केही दिन बिहान, साँझ हुस्सु लाग्ने र तराईमा चिसो हुने उहाँको भनाइ छ । 


जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको आज बिहानको बुलेटिनअनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।