निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
मकवानपुरको हेटौँडा-९ मयूरधापमा रहेको मानव सेवा आश्रममा आश्रित दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको वैतेश्वर गाउँपालिकाभित्रका मुख्य ग्रामीण सडक धमाधम ढलान गरिएको छ ।
बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एक हजार तीन सय रुपियाँले बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
विराटनगरबाट स्रोत नखुलेको १९ लाख ९० हजार रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नेपालगन्जमा आयोजना गरिने बाँके जिल्लास्तरीय तकान्दो प्रतियोगितामा जिल्लाका करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टलले सङ्घीयता कार्यान्वयनको सुरुवात सन्तोषजनक रहेको बताउनुभएको छ ।
जिल्लाको वैतेश्वर गाउँपालिकाभित्रका मुख्य ग्रामीण सडक धमाधम ढलान गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ लाई जोड्ने मुख्य ग्रामीण सडक ज्यामिरे बगर सडक र वडा नम्बर–६ को नाम्दु घिमिरेटार सडकको पहिलो चरणको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।
इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।
मङ्गोलियामा पशुधनको सङ्ख्या २०२३ को अन्त्यमा ६४.७ मिलियन पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९.१ प्रतिशतले कम हो ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ ।
टर्कीले २०२४ को पहिलो दिनदेखि मासिक न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । देशका श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले बुधबार सो घोषणा गर्नुभयो ।
टर्कीको संसदीय समितिले स्वीडेनको नाटो प्रस्तावलाई अनुमोदन गरेको छ । टर्कीको संसदको विदेश मामिला समितिले स्वीडेनको नाटो प्रस्तावलाई छलफलपछि अनुमोदन गरेको हो ।
गाउँपालिकाका ८ वटै वडामा पुगेर योजना सम्झौता गर्नका लागि सुरु गरिएको सम्झौता कार्य अनुरुप गाउँपालिकाको १ नम्बर वडाको दोवामा पुगेर योजनाहरु सम्झौता गरेको हाे ।
प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।