नेपालगन्ज उपमहानगरपालिकाले सडकमा जथाभाबी फोहोर फाल्नेलाई कारबाही गरेको छ । कारबाहीस्वरूप १० हजार रुपियाँ जरिबाना तिराएको उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाले बुधबार नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई कारबाहीस्वरूप १० हजार रुपियाँ जरिबाना गराएको जनाएको छ । उपमहानगरका अनुसार नन्दादेवी कन्सर्नले सडकको किनारामा जथाभाबी रूपमा औषधीजन्य फोहोर फालेको थियो ।
रचनाका आधारमा गीतका दुई पक्ष हुन्छन्– साहित्यिक र लोकगीत । ती दुवै गीत एक सिर्जनात्मक शैलीमा संरचनात्मक माध्यमबाट गाइन्छ । तिनको व्याख्या राष्ट्रको भौतिक विकास, भूगोलैतिहासिक आधारमा परिवर्तित र विकसित हुँदै गएको देखिन्छ, विशेषतः राष्ट्रको परिवर्तनसित त्यस मुलुकको गीत–सङ्गीतले कोल्टो फेर्दै गरेको पाइन्छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–११, बिचौवापुर र कञ्चन गाउँपालिका–१ को बिचमा पर्ने कञ्चन नदीमा पुल बनेपछि स्थानीय बासिन्दा खुसी भएका छन्। पुल बनेर यातायात सञ्चालन भएपछि सैनामैना नगरपालिकाको दक्षिण क्षेत्र र कञ्चन गाउँपालिकाको दानापुर क्षेत्रका जनतालाई ठुलो सुविधा पुगेको छ।
सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् ।
राज्यका नीति, नियमविपरीत र स्थानीयको विरोध हुँदाहुँदै पनि सुर्खेतमा निर्बाध रूपमा क्रसर तथा बालुवा प्रशोधन सञ्चालनमा रहेका छन् । पटक पटक बन्द गर्न आग्रह गर्दा पनि दर्ताबिनाका क्रसर सञ्चालनमा रहेको पालिकाले जनाएका छन् । पश्चिम सुर्खेतको वराहताल गाउँपालिका–२, थापाडेरादेखि डोप्कासम्म चार वटा क्रसर उद्योग इजाजतबिनै सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । पालिकाले दिएको जानकारी अनुसार हिमाल बालुवा प्रशोधन उद्योग, देउतीमाता बालुवा प्रशोधन उद्योग, रामजानकी प्रशोधन उद्योग र केसी बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन् ।
इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ ।
मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डमा पछिल्लो समय धमाधम काम भइरहेको छ । आयोजनाले ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि चिनियाँ निर्माण कम्पनी अनहुई काइयुआन आइवे एन्ड ब्रिजले जामुने–पोखरा खण्डमा पनि कामलाई तीव्रता दिएको हो । मङ्सिर महिनासम्म १२ प्रतिशत भौतिक प्रगति भएकोमा अहिले १४ प्रतिशत प्रगति भएको निर्माण कम्पनीको दाबी छ । २०७८ साल भदौदेखि काम सुरु गरिएको यो खण्डको २०८१ साल भदौ १२ गतेसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । अहिले सडक निर्माणमा चिनियाँ कामदार ५० जना र नेपाली कामदार ४२५ जना खटिएका छन् । निर्माण कम्पनीले एक्साभेटर ४०, लोडर १०, ग्रेडर छ वटा र पानीको ट्याङ्कर आठ वटा परिचालन गरेको छ ।
पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब रु तीन करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चालेको छ ।
गल्याङ नगरपालिका स्याङ्जा जिल्लाको तेस्रो ठुलो व्यापारिक क्षेत्र हो । विभिन्न आठ गाविस गाभिएर गल्याङ नगरपालिका बनेको हो । पालिकाको बिच भागबाट ऐतिहासिक आँधीखोला बगेको छ भने पोखरा र लुम्बिनीलाई जोड्ने सिद्धार्थ राजमार्ग मध्यभागबाट गएको छ । नगरपालिकाको पूर्वमा चापाकोट र वालिङ नगरपालिका, पश्चिममा कालीगण्डकी गाउँपालिका र गुल्मी जिल्ला, उत्तरमा पर्वत र दक्षिणमा पाल्पा जिल्ला पर्दछन् । कुल ११ वटा वडा रहेको यस पालिकाको क्षेत्रफल १२२.७१ वर्ग किमी छ । २०७८ सालको जनगणना अनुसार पालिकाको जनसङ्ख्या ३६ हजार ९६७ रहेको छ । लामो समय विद्यार्थी राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका गुरुप्रसाद भट्टराई २०७९ सालको स्थानीय निर्वाचनमा गल्याङ नगरपालिकाको प्रमुखमा विजयी हुनुभयो । नगरका विभिन्न गतिविधिका बारेमा केन्द्रित रही प्रमुख भट्टराईसँग गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :
हाम्रो समाजमा ‘आगो ताप्नु मुढाको, अर्ती सुन्नु बुढाको’ भन्ने लोकोक्ति चलिआएको छ । ज्येष्ठ नागरिक ज्ञान र अनुभवका खानी भएका कारण उनीहरूबाट शिक्षा ग्रहण गरेर पुस्तान्तरणका क्रममा आउँदो पुस्ताले जीवनोपयोगी कार्यमा लगाउन आवश्यक छ भन्ने अभिप्रायले ज्येष्ठ नागरिकलाई सम्मानपूर्ण व्यवहार गर्न यस किसिमले सामाजिक आग्रह गरिएको विदितै हुन्छ । यसै अनुरूप राज्यले पनि ज्येष्ठ नागरिकका लागि विशेष सम्मानपूर्ण व्यवस्था गर्दै आएको छ । २०७७ सालदेखि पुस ११ गतेला
नेपाल सङ्घीय राज्य व्यवस्थामा प्रवेश गरेको आठ वर्ष र औपचारिक कार्यान्वयनमा गएको छ वर्ष पुगेको छ । राजनीतिक शासकीय स्वरूपको यस व्यवस्थामा सरकारको शक्ति र अधिकारलाई केन्द्र, प्रदेश र स्थानीय तहमा विभाजन गरिएको हुन्छ । जनतालाई शक्ति केन्द्र मान्ने र शक्ति उद्भव भएको स्थानमा शक्ति जानु नै सङ्घीयताको मूल मर्म हो । यसमा स्वयम् शासन र विभाजित शासनको संयोजन हुन्छ । विश्वमा नेपालसहित ३० देशमा सङ्घीयता कार्यान्वयनमा छन् । एकथरी मान्छेले यो व्यवस्था धेरै वर्ष टिक्दैन भनेर आरोप लगाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले सङ्घीयतालाई व्यावहारिक रूपमा लागु गर्न विशेष पहल गरेको देखिन्छ ।
नेपालगन्जमा बहुचर्चित सहकारी ठगी प्रकरणको रूपमा रहेको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा भएको रकम हिनामिनाको मुद्दामा बाँके जिल्ला अदालतले ३० करोड बिगो सहितको कसुर कायम आदेश जारी गरेको छ ।
सार्वजनिक सेवा सरकारको मुख्य कार्य र जिम्मेवारीको विषय हो भने सेवा पाउने नागरिकको अधिकार हो । नागरिकले सुपथ, सुलभ र समय सापेक्ष पर्याप्त सेवा पाउनु नै सार्वजनिक सेवा प्रवाहको मुख्य उद्देश्य रहेको हुन्छ । सेवा प्रवाहको सम्बन्धमा अन्तर्राष्ट्रिय अनुभव हेर्ने हो भने बेलायतमा नागरिक वडापत्र र सर्भिस कुपनको व्यवस्था, जर्मनमा पिपुल बोनस जस्ता औजारको प्रयोग स्विडेनमा स्टिङब्युरोक्रेसी तथा अमेरिकामा स्टेट फरगिभनेस कार्डद्वारा सेवालाई प्रभावकारी
जाजरकोटमा चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो ।