सन् २०२३ सुखद वर्ष रहेन । शक्तिको आडमा थिचिएको वर्ष बन्यो । हत्या, हिंसा, युद्ध, दुर्घटना, प्राकृतिक विपत्ति आदिले विश्ववासी आक्रान्त बने । शान्ति, मानव अधिकार, मेलमिलाप ओझेलमा परे । शक्ति राष्ट्रहरूबिच दुरी बढ्यो । इजरायली र प्यालेस्टिनी हमासबिचको युद्ध यस वर्षको सबैभन्दा पीडादायक र अमानवीय घटना बन्यो । अक्टोबर ७ मा इजरायलको इतिहासमै नभएको ठुलो आक्रमण हमास लडाकुहरूले गरेसँगै सुरु भएको युद्धमा १२ सय इजरायली र २० हजार प्यालेस्टिनी मारिएका छन् । आठ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिका र सात हजारभन्दा
सन् १९९१ को डिसेम्बर १६ मा बसेको संयुक्त राष्ट्रसङ्घको साधारण सभाले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी सिद्धान्तहरू स्थापित गरेको थियो; जसमा उनीहरूको स्वतन्त्रता, सहभागिता, स्याहार, आत्मपरिपूर्ति र सम्मान प्रमुख छन् । ज्येष्ठ नागरिकको सम्मान भन्नाले ज्येष्ठ नागरिकले शारीरिक एवं मानसिक शोषणबाट मुक्त भई स्वतन्त्रतापूर्वक सम्मानजनक र सुरक्षित जीवन बाँच्न पाउनु पर्छ भन्ने हो । साथै उमेर, लिङ्ग, वर्ण, जाति, धर्म, अपाङ्गता वा अन्य कुनै आधारमा ज्येष्ठ नागरिकलाई विभेद गरिनु हुँदैन । उनीहरूको कार्यबाट राष्ट्रले प्राप्त गरेको योगदानका आधारमा उनीहरूको कदर गर्नु पर्छ भन्ने पनि हो ।
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा एक वृद्धको हत्या भएको छ । हरिपूर्वा वडा नं. ३ धनकौलका ७५ वर्षीय राजनारायण रायको हत्या भएको हो । राय आफ्नै गोठमा मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिममा शुल्कबापतको रकम चार गुणा वृद्धि गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि सात सय मात्रै शुल्क तोकिएकामा अहिले वृद्धि गरेर दुई हजार आठ सय रुपियाँ पुर्याइएको हो। अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ पहिलो संशोधनबाट अनलाइन परीक्षासमेत दिनुपर्ने व्यवस्था थप गरेर दुई हजार आठ सय रुपियाँ पुर्याइएको मन्त्रालयले जनाएको छ ।
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् ।
नेपाली सिरिज ‘खेल’ को शुभमुहूर्त गरिएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकार तथा प्राविधिकको उपस्थितिमा क्यामरा र स्क्रिप्ट पूजा गरिएको हो । अनुराग प्रधानले निर्देशन गर्नुभएको सिरिजमा अभिनेतृ सुरक्षा पन्त प्रमुख कलाकारका रूपमा देखिनुभएको छ । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओलीलगायतको अभिनय रहने छ । सिरिज काठमाडौँभित्र करिब एक महिना छायाङ्कन हुने छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ फाउन्डेसनबिच ‘काठमाडौँ ट्रिएनाले’ सञ्चालनसम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ । प्रतिष्ठानका तर्फबाट सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ र फाउन्डेसनका तर्फबाट निर्देशक सङ्गीता थापाले हस्ताक्षर गर्नुभयो ।
बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा आठौँ रियल स्टेट प्रदर्शनी हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास सङ्घको आयोजनामा प्रदर्शनी हुन लागेको हो । मेलाले आमसमुदायमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा जानकारी उपलब्ध गराउने आयोजकले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा बढी भएको दुग्ध पदार्थ बिक्रीवितरण गर्नका लागि श्रीलङ्काको बजार अध्ययन गरेको छ । कृषि मन्त्रालयले आफ्ना प्रतिनिधि पठाएर त्यसको अध्ययन गरेको हो । कृषि मन्त्रालयका सहसचिव मदन भुलेलको नेतृत्वमा गएका प्रतिनिधिमण्डल त्यहाँका पशु सेवा विभागलगायत अन्य सरोकारवाला निकायसँग छलफल गरेर फर्केको छ । श्रीलङ्का बजारमा दुग्ध क्षेत्रको निकै सम्भावना छ, त्यहाँको उत्पादनले ४० प्रतिशत मात्र धानिरहेका छन्, अरू बाँकी ६० प्रतिशत बाहिरबाट नै ल्याइरहेको कारण नेपालबाट निर्यात गर्न सकिने सम्भावना रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “दुग्ध पदार्थ क्षेत्रमा नेपालका लागि श्रीलङ्का राम्रो बजार हो ।”
पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब रु तीन करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले टेरामोक्स खरिदमा अनियमितता भएको निष्कर्षसहित थप अनुसन्धान प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिले अभियोजन (मुद्दा दायर) प्रक्रिया सम्पन्न गरी सोको जानकारी ३० दिनभित्र समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
एकीकृत जाँच चौकी वीरगन्जको पार्किङ क्षेत्रमा सयौँ सानाठुला नयाँ सवारीसाधन राखिएका छन्। भन्सार बिन्दुमा सवारीसाधन आइसकेकाले वीरगन्ज भन्सार कार्यालयले पनि सोही अनुसार लक्ष्य निर्धारण ग-यो तर आयातकर्ताले भन्सारबाट सवारीसाधन नलगेपछि भन्सार असुलीको लक्ष्य नै नपुग्ने भएको छ ।
कोभिड–१९ को महामारीसँगै बन्द भएको मकवानपुरको दामनस्थित दृश्यावलोकन स्तम्भ पुनः सञ्चालनमा आउने भएको छ । थाहा नगरपालिकामा सञ्चालनको जिम्मा रहेको नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक दामन भ्यु टावर निजी क्षेत्रले सञ्चालन गर्ने गरी सम्झौता भएको हो । नगरपालिका र रिसोर्टबिच २० वर्षका लागि एक करोड रुपियाँमा सञ्चालन गर्न दिने सम्झौता गरिएको छ । थाहा नगरपालिकाका वरिष्ठ सहायक सुदर्शन पहेलीले दामन भ्यु टावर रिसोर्ट प्रालिलाई २० वर्षका लागि सञ्चालन गर्न दिने गरी सम्झौता भएको जानकारी दिनुभयो ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नियुक्त हुने निर्वाचन अधिकृतको नाम टुङ्ग्याएको छ । न्याय परिषद्को सिफारिसमा आयोगले निर्वाचन अधिकृत नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा