पाकिस्तानले चालु आर्थिक वर्ष (जुलाई २०२३ देखि जुन २०२४ सम्म) को डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी-व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
पश्चिमी इराकको मरुभूमिमा मङ्गलबार सडक किनारमा भएको बम विस्फोटमा परी मारिएका दुई कुवेती र साउदी पर्यटकको शव फेला परेको इराकी सेनाले बताएको छ ।
वीरगन्ज भन्सार कार्यालयमा (एकीकृत जाँच चौकी) सवारीसाधन थन्किँदा राजस्व असुलीमा प्रत्यक्ष प्रभाव परेपछि लक्ष्य अनुरूपको प्रगति हुन सकेको छैन।
काठमाडौँ महानगरपालिकामा पनि अब स्वास्थ्य बिमा सुरु हुने भएको छ । काठमाडौँ महानगरपालिका र स्वास्थ्य बिमा बोर्डबिच समझदारी पत्रमा हस्ताक्षर भएसँगै काठमाडौँ महानगरपालिकामा बिमा कार्यक्रम सुरु हुने भएको हो ।
गुरुङ जातिले आफ्नो प्रमुख पर्व ल्होसार पुस १५ गते धूमधामका साथ मनाउने तयारी गरेको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ल्होसार तयारी पूरा भएको आयोजकले जनाएको हो ।
कुमाउका प्रसिद्ध कवि गुमानी पन्तले आफ्नो कवितामा लेखेका छन् ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन चाहनेले १८ वटा कागजात पेस गर्नुपर्ने जनाएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मुलुकको विकास अभियानलाई सार्थक बनाउन श्रमको सम्मान गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ।
जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-१३ तहाचलस्थित काठमाडौँ महाराजगन्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।
रेलिगेसनको दबाब झेलिरहेको बर्नलीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो ।
ताप्लेजुङमा उत्पादन भएको किवी फल जिल्लाबाहिर निर्यात हुँदा किसान खुसी भएका छन्। जिल्लाबाहिर झापा, काठमाडौँ लगायतका ठाउँमा किवी निर्यात हुन थालेपछि बजारको अभाव खेप्दै आएका किसान खुसी भएका हुन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो ।