• ११ असोज २०८१, शुक्रबार

श्रमको सम्मान गर्नु जरुरी छ : मुख्यमन्त्री कार्की

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ।

सचिन पोख्रेल

विराटनगर, पुस ११ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मुलुकको विकास अभियानलाई सार्थक बनाउन श्रमको सम्मान गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले बुधबार विराटनगरमा श्रम बजार सूचना प्रणाली श्रम संसारको सुरुवात गर्दै सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले श्रमको आधारमा कोही पनि ठुलो सानो नहुने बताउनुभयो। 

मुख्यमन्त्री कार्कीले दक्ष जनशक्ति रोज्नका लागि श्रम संसार महत्त्वपूर्ण साबित हुने उल्लेख गर्नुभयो। उहाँले मानिसको आवश्यकता अनुसार श्रममा लाग्न सक्ने उल्लेख गर्दै श्रम बजार जति फैलियो त्यति विकास अभियानले गति लिने बताउनुभयो। 

श्रम सञ्चार कोशी प्रदेशको सामाजिक विकाश मन्त्रालयले स्विस कनट्याक्ट साथै आसमान नेपालसँगको सहकार्यमा सञ्चालित ‘स्टेप अप’ परियोजना हो। सो परियोजनाले सुरुवातमा कोशी प्रदेशका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिकाका साथै दुहबी नगरपालिकाले साझेदारी गरेका छन्। क्रमशः सबै पालिका समेट्ने लक्ष रहेको बताइएको छ।