प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनअपेक्षाअनुसार काम गरिरहेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताउनुभएको छ ।
प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडामा विङ्गर गाडी दुर्घटना भएको छ ।
भुवन नगरकोटीसहित आठ खेलाडी सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ गल्फ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–६ स्थित सोखुखोलामा निर्माण सुरु गरेको पक्की पुल एक दशक बित्दा पनि नबनेपछि छ जिल्लाको बासिन्दाले सास्ती खेप्नु परेको छ ।
मोटरसाइकल दुर्घटनामा तीन जना गम्भीर घाइते हुनुभएको छ । घाइतेलाई एम्बुलेन्समा राखेर उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्लेअफ पुग्ने सम्भावना बढाएको छ ।
एक करोडभन्दा बढी रकम घुस लिएको आरोपमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्टार उदयबहादुर पराजुली पक्राउ पर्नुभएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपले प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो
धरान उपमहानगरपालिमा नगर स्तरीय शारीरिक सुगठन प्रतियोगिता आगामी फागुन १९ गतेबाट हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै भिजन फिटनेसको आयोजनामा धरान-८ स्थित सभागृहमा प्रतियोगिता हुने भएको भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठले बताउनुभएको हो ।
पछिल्लो समयमा व्यवसायीले नेपालगन्ज नाकाबाट नयाँ नयाँ तरिकाको प्रयोग गरेर भन्सार राजस्व छलेर सामान भित्र्याउने गरेको पाइएको छ।
पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
राष्ट्रिय गौरवको कालीकोट फुकोट कर्णाली अर्धजलासय जलबिद्युत आयोजना भारतीय कम्पनीलाई दिने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
रुपन्देहीको देवदहमा आठौँ देवदह महोत्सव हुने भएको छ । माघ २५ गतेदेखि आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०८० सुरु भई फाल्गुन ८ गतेसम्म चल्नेछ ।
सयौँ इन्डोनेसियाली मजदुरले बुधबार चिनियाँ लगानीको निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उक्त प्लान्टमा सप्ताहान्तमा भएको विस्फोटमा परी कम्तीमा १८ को मृत्यु र दर्जनौँ घाइते भएका थिए ।
काठमाडौँको भृकुटीमण्डपमा हुने आठौँ घरजग्गा मेलाको तयारी पूरा भएको छ । पुस १२ देखि १५ गतेसम्म सञ्चालन हुने आठौँ घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल जग्गा तथा आवास विकास सङ्घले जनाएको हो ।