समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर भएको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।
उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेसाको लगाव घटेको छैन ।
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सुरक्षा सुनिश्चितता विना राष्ट्रमा विकासले गति लिन नसक्ने बताउनु भएको छ । डोटी जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला प्रहरी कार्यालय डोटीका नवनिर्मित भवनहरूको उद्घाटनका क्रममा महानिरीक्षक कुँवरले भयरहित वातावरणको सृजना पश्चात् मात्र राज्यले लक्ष्य लिएको विकास सन्दर्भमा विभिन्न कार्यहरू बढाउन सकिने हुँदा सुरक्षा सुनिश्चितताका लागि नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको विषयमा जोड दिनु भयो ।
चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।
पाल्पाका पालिकाहरूले प्रशासकीय भवन बनाउने कार्य तीव्र गतिमा अगाडि बढाएका छन् । जिल्लाका १० पालिकामध्ये प्रशासकीय भवन नभएका पाँच पालिका भवन बनाउने कार्यलाई तीव्रता दिएका हुन् । जिल्लाको बगनासकाली, निस्दी, पूर्वखोला, माथागढी र रम्भा गाउँपालिकाले प्रशासकीय भवन बनाइरहेका छन् । हाल वडा कार्यालय तथा विद्यालयको भवनबाट पालिकाको सेवा दिइरहेका पालिकाले आफ्नै प्रशासकीय भवन बनाउन कस्सिएका छन् ।
दाङको लमही नगरपालिकानिवासी नीमा भट्टराई मनोसामाजिक परामर्शदाता हुनुहुन्छ। उहाँले यो क्षेत्रमा काम गर्न थालेको चार वर्ष भयो । चार वर्षका अवसरमा दाङको लमही नगरपालिकाभित्र मात्रै एक सयभन्दा बढीको औपचारिक रूपमै मनोसामाजिक रूपमा परामर्श गर्नुभयो । योबाहेक अनौपचारिक रूपमा दिइने सल्लाह, सुझाव र परामर्शको तथ्याङ्क उहाँसँग छैन । उहाँका अनुसार दैनिक रूपमा १० देखि १५ जनामा मानसिक रोगको मिल्दोजुल्दो लक्षण उहाँले भेट्याउनुहुन्छ तर पहिलो भेटमै मानसिक स्वास्थ्य समस्या हो भनेर छुट्याउन सकिँदैन ।
पोखराको आकाशमा १३ दिनदेखि प्याराग्लाइडिङ देखिएका छैनन् । पछिल्लो क्रममा दैनिक सरदर डेढ सय उडान हुने गरेका थिए । प्याराग्लाइडिङ व्यवसायीबिच विवाद हुँदा उडान ठप्प भएको हो । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले मङ्सिर २७ गते कम्पनीहरूले आफैँ उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय गरेको थियो । त्यसयता पाइलटले प्याराग्लाइडिङ उडाएका छैनन् । कम्पनीबिच असमझदारी भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत समझदारी नगरी उडान नगर्न पत्राचार गरेको छ ।
सरकारले छ वर्षअघि मन्त्रिपरिषद् बैठकबाट ७७ औँ जिल्लाका रूपमा नवलपरासी बर्दघाट सुस्तापूर्वलाई घोषणा गरेपछि सरकारी कार्यालय भाडामा बस्न सुरु गर । जनतालाई सहज सेवा प्रवाहका लागि भाडामा कार्यालय भएपछि सदरमुकाम कावासोतीमा सरकारी कार्यालय निर्माण गर्ने योजना अघि बढाए पनि त्यसले अझै पूर्णता पाउन सकेको छैन ।
दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम उपलब्धि नजिक पुगेको छ । पेट्रोलियम पदार्थ उत्खननको अन्तिम ड्रिलिङको काम जारी छ । भैरवी गाउँपालिका–१ स्थित शिरस्थान मन्दिरस्थित ज्वाला बलिरहेको क्षेत्रबाट उत्तरपूर्वी क्षेत्रमा पर्ने जलजलेमा अन्तिम ड्रिलिङको तयारी थालिएको छ ।
बैतडी जिल्लाका १० वटा स्थानीय तहमध्ये सुर्नया गाउँपालिका अन्न भण्डारका रूपमा परिचित छ । जिल्ला सदरमुकाम पाटनबाट ३५ किलोमिटर पूर्वमा रहेको यो गाउँपालिकाको नामकरण सुर्नया नदीका नामले गरिएको छ । सुर्नया नदी किनार धान र गहुँ खेतीका लागि उर्वर रहेको छ । साबिक हटैराज, वासुलिङ, भौनेली, रौलेश्वर, शङ्करपुर र शि
हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण एवं मानव–हात्ती सहअस्तित्वका लागि नेपाल र भारत दुवैतर्फ स्वस्फूर्त रूपमा काम सुरु भएको छ । भारतको आसामदेखि पश्चिम बङ्गाल राज्यको महानन्द वाइल्डलाइफ सेन्चुरी हुँदै कोशीटप्पुसम्म विचरण गर्न आउने जङ्गली हात्तीका कारण झापामा मानव–हात्ती द्वन्द्व बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि काम सुरु भएको हो ।
आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन ।
लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसदमा दर्ता र पाठ्यपुस्तकको सहज उपलब्धता हुनुलगायतका उपलब्धि वर्तमान सरकारको एक वर्षको अवधिमा देखिएका छन् ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।