रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।
भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा उत्तर प्रदेश आर्टिष्ट एकेडेमीद्वारा आयोजित ‘युपिए अवार्ड’ समारोहमाझ नेपाली युवाहरु सम्मानित भएका छन ।
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकअन्र्तगत थप छ पुल निर्माण भएको छ ।
“पढाउने पैसा अभावमा हामीले बालबालिकारतलाई काम गर्न इन्डिया पठाउनु परेको छ । हाम्रा बालबालिकाहरूलाई प्राविधिक शिक्षा पढाउनका लागि सरकारले आर्थिक सहयोग गर्नु पर्यो ।” डोटीको सायल गाउँपालिकामा मुक्त हालियाका समस्या र भावी योजना लगायतका विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय मुक्त हालिया समुदायकी पुतली नेपालीले स्थानीय तहका प्रमुख र सरोकारवाल सामु राखेको माग राख्दै बोल्नु भएको कुरा हो यो ।
घरखर्चका लागि साहुबाट लिएको ऋणमा डुबेर सर्वस्व गुमाएका पीडितले अहिले न्याय पाएका छन् । ऋणकै कारण घरजग्गासमेत गुमाएकाले घरजग्गा फिर्ता पाएका छन् भने समाजमा पुनस्र्थापनाको वातावरण सिर्जना भएको छ । साहुले ऋणीसँग पारित गराई लिएको १६६ बिघा १९ कट्ठा साढे १८ धुर जग्गा फिर्ता भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल आज बुधवार बिहान बागलुङ आउँदै हुनुहुन्छ । निजी क्षेत्रको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधवारदेखि सुरु हुन लागेको सातौँ बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ बजार आउन लाग्नुभएको हो ।
कास्कीका पाँच सहकारीमा समस्याग्रस्त भएपछि बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । ती सहकारीमा बचतकर्ताको दुई अर्ब त्रियासी करोड सैँतिस लाख एकहत्तर हजार जोखिममा परेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीपरिषद् र संसद्मा कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउनका लागि आफूले निरन्तर आवाज उठाइरहेको बताउनुभएको छ । गृहनगर बाह्रबिसेस्थित क्षमादेवी माध्यमिक विद्यालयको ७३ औँ वार्षिकोत्सव कार्यव्रmममा बोल्दै मन्त्री बस्नेतले नेपालको संविधानको धारा ३५ मा शिक्षा, स्वास्थ्यलाई जनताको मौलिक हक उल्लेख भएकाले १२ कक्षासम्म निःशुल्क शिक्षा पाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउनु हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सञ्चालन गरिरहेको माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत बारपाक सुलीकोट गाउँपालिका – ८ को वडा पार्टीको बैठकमा सहभागी हुन उहाँ गोरखा आउनु लाग्नु भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दीपक तिमिल्सेना साकारले जानकारी दिनु भयो ।
यही कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभयो । मृतक तथा घाइतेको खोज, उद्धार तथा उपचारको व्यवस्थाका लागि स्वास्थ्यकर्मीको टोलीसहित दुई वटा हेलिकोप्टर र एउटा स्काई ट्रक लिएर उहाँ जाजरकोट र रुकुमपश्चिम पुग्नुभएको थियो
दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब रु पाँच लाख कमाउनुभयो । उहाँले बारीमा आलु, काउली र टमाटर लगाउने गर्नुभएको छ । यही तरकारी बेचेरै उहाँ आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल हुनुहुन्छ । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने गर्नुभएको छ ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ । उक्त आयोजनाको कुल १३.३ किलोमिटर लम्बाइको सुरुङमध्ये हालसम्म १०.५ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । त्यस्तै सुनकोशी नदीमा बाँध निर्माण कार्य भर्खर सुरु भएको छ । उक्त आयोजनाको सुरुङ २०७९ साल असोजदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।
सरकारले मधेश प्रदेशका पाँच जिल्लामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित अगाडि बढाएको सुनकोशी–मरिण डाइभर्सनबाट सिँचाइ सुविधा पाउनेमा यहाँका किसान आशावादी देखिएका छन् ।
सरकारले कार्यकालको एकवर्षे समयावधि पूरा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । उहाँले भोलिपल्ट ११ गते राष्ट्रपतिसमक्ष शपथ लिनुभएपछि मन्त्रीपरिषद् गठन गर्नुभयो । एक वर्षको समय सरकारका निम्ति जनअपेक्षा अनुरूप काम गरेर देखाउन पर्याप्त समय हो भन्ने यसबिचमा सरकारले सम्पादन गरेका कामले पुष्टि भएको छ । यद्यपि गठबन्धनको