सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न तीन तहका सरकार क्रियाशील छन् । सङ्घीयताको मेरुदण्डको रूपमा रहेका प्रदेशहरू संविधानले दिएका अधिकारलाई कानुन निर्माण गरी कार्यान्वयन गरिरहेका छन् । प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ, त्यति छिटो संविधानको मर्मबमोजिम समाजवाद
सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्दै छ । प्रदेश सरकारको प्रयासमा निजी र सहकारी क्षेत्रलाई समेत आकर्षित गरी प्रदेशमा लगानीमैत्री वातावरण तयार गरेर विकासमा सबै पक्षसँग सहकार्य गर्ने उद्देश्य लगानी सम्मेलनको रहेको छ । मुलुक विकासका लागि साझा प्रयास गर्नु नै सम्मेलनको मुख्य ध्येय हो । सम्मेलनले सरकारी, निजी र सहकारी तीन वटै क्षेत्रलाई एकै स्थानमा ल्याई यस प्रदेशको विकासका
कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । उक्त नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन् ।
१. माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास कहिले गरिएको हो ? विसं २०८० भदौ १६ (रसुवा) – यसको विद्युत् उत्पादन क्षमता २१६ मेगावाट रहेको छ । – सो जलविद्युत् आयोजना विसं २०८३ मङ्सिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अबधी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
विपत् व्यवस्थापनमा सुरक्षा निकाय १. विपत् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका उल्लेख गर्दै स्थानीय समुदायले विपत् व्यवस्थापन कार्यमा के कसरी सहयोग गर्न सक्छन् ? आफ्नो धारणा राख्नुहोस् । विपत् जोखिम न्यूनीकरण, विपत् प्रतिकार्य र विपत् पुनर्लाभ सम्बद्ध सम्पूर्ण क्रियाकलापको व्यवस्थापनलाई विपत् व्यवस्थापन भनिन्छ । विपत् व्यवस्थापनमा तीनै तहका सरकार र सरकार मातहतका निकायहरू, निजी तथा गैरसरकारी संस्था, समुदाय आदिको सामूहिक सहभागिता र संलग्नता आवश्यक पर्दछ । अन्तर्राष्ट्रिय समुदायको स्रोतसाधन र सहयोगको पनि उत्तिकै जरुरत पर्छ ।
जीर्ण अवस्थामा रहेको रुपन्देहीको बुटवल धागो कारखाना संरक्षणमा सरकारी बेवास्ता देखिएको छ । कारखाना संरक्षणमा सरकारकै दुई मन्त्रालयको कुरा बाझिएको छ । अर्थ मन्त्रालयले रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरे पनि त्यसको कार्यान्वयन हाललाई रोकिने भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले नेपाल कृषि अनुसन्धान परिषद् (दोस्रो संशोधन) ऐन, २०८० स्वीकृत प्रव्रिmयाका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालसमक्ष प्रस्तुत गरेको छ । नार्कको ऐन, २०४८ अनुसार सञ्चालित रहेको छ । देश सङ्घीयतामा गइसकेको छ । त्यस अनुसार ऐन संशोधन गर्नुपर्ने देखिएकाले कृषिमन्त्री भुसालसमक्ष प्रस्तुत गरिएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले जानकारी दिनुभयो ।
चलचित्र ‘बलिदान’ का निर्माता पवन विष्टको आवाज र अभिनयमा म्युजिक भिडियो ‘बिर्सन सकिँदैन’ निर्माण भएको छ । गीतको भिडियो ओएसआर डिजिटलले सार्वजनिक गरेको छ । पवन विष्टको अनुपम रचना, शब्द र स्वर रहेको गीतमा निर्माता विष्टलाई रोजीका पोखरेलले अभिनयमा साथ दिनुभएको छ ।
अधिकांश वस्तुको निर्यात घटिरहेका बेला स्वदेशमै उत्पादन हुने अलैँचीको निर्यात भने वृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा करिब चार अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म तीन अर्ब ९८ करोड ६१ लाख पाँच हजार रुपियाँ बराबरको २३ लाख ७४ हजार ११० केजी अलैँची आयात भएको हो छ । गत आवको सोही अवधिमा दुई अर्ब ७२ करोड ८२ लाख ६५ हजार रुपियाँ बराबरको ११ लाख ३४ हजार १२७ केजी निर्यात भएको छ । गत वर्षको तुलनामा पाँच महिनामा एक अर्ब २६ करोड रुपियाँले अलैँची निर्यातमा वृद्धि भएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाऊन् भन्नका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) को प्रबन्ध गरिएको बताउनुभएको छ । उहाँले दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको बताउनुभयो । रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको छ । यसबाहेक करिब एक सय जना हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको उहाँले बताउनुभयो ।
“ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान” भन्ने नारासहित बुधबार तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । सरकारले ज्ञानका भण्डार ज्येष्ठ नागरिकप्रतिको सम्मान र सचेतना बढाउने लक्ष्यले पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको छ । नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गरेको छ भने राज्यले ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता शीर्षकमा मासिक चार हजार रुपियाँ प्रदान गर्दै आएको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ पनि कार्यान्वयनको अवस्थामा छ ।
कैलालीमा ५२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र सच्याउन माग गर्दै निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार नाम, उमेर वा जात सच्याउन माग गर्दै उनीहरुले प्रशासनमा निवेदन दिएका हुन् ।
भोलि बुधबारदेखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी पूरा भएको छ । महोत्सवको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिने भएको छ ।