सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना र खबरदारी सकारात्मक रहेको बताउनुभएको छ । साउथ एसिया नेटवर्क टिभीले आज आयोजना गरेको दोस्रो चाइना-नेपाल मिडिया सम्मेलनको उद्घाटन गर्दै उहाँले सञ्चारमाध्यमले गर्ने खबरदारीले सरकारलगायत राजनीतिक शक्तिलाई गलत बाटोमा जानबाट रोक्ने धारणा राख्नुभयो ।
जिल्ला ब्याडमिन्टन सङ्घ रुकुमपश्चिमले पहिलो पटक नेपाल ब्याडमिन्टन सङ्घबाट आधिकारिकता पाएको छ । २०७५ सालमै स्थापना भएर काम गर्दै आए पनि रुकुमपश्चिमले आधिकारिकता पाउन सकेको थिएन ।
भारतको अयोध्यामा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी भएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा यात्रा गर्दै भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो ।
उखुको मूल्यमा मन कुँडिइरहेका जिल्लाका किसानले चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् । गौशाला-१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (एभरेष्ट चिनी उद्योग)ले यसपालिको उखु क्रसिङ सुरु गरेपछि मूल्यमा चित्त नबुझे पनि किसानले उखु बुझाउन थालेका हुन् ।
पोखरामा मङ्गलबार बिहान कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
धान्यपूर्णिको अवसरमा दोलखाको कालिञ्चोक गाउँपालिका–८ मा रहेको कालिनाग मन्दिरमा दीप प्रज्ज्वलन सहितको मेलामा श्रद्धालु भक्तजनको भीड लागेको छ।
भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। गोरखाको बारपाक सुलीकोट गाउँपालिका–७ पाँचखुवा देउराली घर भएका ८५ वर्षीय अमरबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।
डेडिकेटेड र ट्रंकलाइन बक्यौताको विवादमा परेका रुपन्देहीका झण्डै दुई दर्जन उद्योगका सञ्चालकले विवाद समाधानका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष पुगेको छ । यस अवधिमा प्रचण्ड नेतृत्वको सरकार दुई छिमेकी देश गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सफल भयो।
किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रम गरी यस वर्ष पनि भव्य रूपले मनाउन जुटेका छन् । किरातजन्य सामाजिक सङ्घसंस्थाले अघिल्ला वर्षझैँ यसवर्ष पनि विशेष उत्सवका साथ उद्यौली पर्व मनाउने तयारीमा जुटेका हुन् ।
जिल्लामा बजेट अभावका कारण कुष्ठरोग निवारण अभियान प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा कुष्ठरोग निवारणका लागि अभियान सञ्चालन गर्न बजेट नभएपछि अभियानका काम रोकिएको हो ।
६१ वर्षीय प्रगतिवादी साहित्यकार प्रा.डा. जगदीश चन्द्र भण्डारी ‘आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मान’ २०७९ द्वारा पुरस्कृत हुनुहुने भएको छ ।
उत्तरपश्चिम पाकिस्तानमा घरमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक घरमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न कोप-२८ सम्मेलन अहिले नेपालमा चर्चाको विषय बनेको छ । हुन त हरेक वर्ष आयोजना हुने यस्ता कोप सम्मेलनको नेपालमा त्यति चर्चा भएको पाइँदैन तर यसपालिको कोप जलवायु परिवर्तनको सवालमा आफ्नो मुद्दासहितको दर्बिलो उपस्थितिले गर्दा पनि निकै चर्चा पाएको हो ।